नेभिगेसन मेनु

दाङमा शिक्षकबाटै एसइई दिँदै गरेकी छात्रामाथि करणी
सम्पादक:南亚网络电视
समय:2023-04-05 13:07

rape-2079.2022-06-07-06-28-34

दाङमा एक शिक्षकले विद्यार्थीमाथी जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ ।  दाङ शान्तिनगर गाउँपालिका वडा नं. ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसइईको तयारी गरिरहेकी छात्रामाथि करणी गरेको जाहेरी परेको हो । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार सोमबार राति ८ बजेतिर शिक्षक खुमानन्द पौडेलले करणी गरेको जाहेरीमा उल्लेख छ । ‘सबै बसेर परीक्षाको तयारी गरिरहेका रहेछन्, त्यही क्रममा शिक्षकले पीडित बालिकालाई काम छ भन्दै बाहिर बोलाउन भनेछन्’ प्रहरी निरीक्षक केसीले भने ‘त्यसपछि पीडितले अहिले पढिरहेको भनिरहँदा इमरजेन्सी काम भएको भन्दै बोलाएर भवनको भर्‍याङ्मुनी लिएर जबरजस्ती करणी गरेको पीडितले बयान दिएकी छिन् ।’ 

पौडेलले होस्टेलमा बस्ने विद्यार्थीलाई हेरचाह गर्दै आएका थिए । उनी सोही विद्यालयका प्रावि शिक्षक हुन् । जाहेरी परेपछि उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । उनी फरार रहेको प्रहरी निरीक्षक केसीले बताए । 

पीडितले मंगलबार जाहेरी दिएको प्रहरीले जनाएको छ ।  पीडित बालिकाको स्वास्थ्य अबस्था सामान्य रहेको छ । उनको मंगलबार स्वास्थ्य परीक्षण गरिएको प्रहरीले बताएको छ । त्यसको रिपोर्ट आज आउने प्रहरी निरीक्षक केसीले बताए । धनौरी स्कुलको परीक्षा केन्द्र श्रीगाउँमा रहेको छ । पीडित बालिकाले परीक्षा भने नियमित दिइरहेकी छन् । 

यस विषयमा अखिल क्रान्तिकारी दाङले सत्यतथ्य छानविन गर्न माग गरेको छ । अध्यक्ष गिरबहादुर महराले बुधबार एक विज्ञप्ति जारी गर्दै दोषी माथि कारवाहीको  माग गरेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर