नेभिगेसन मेनु

सातदोबाटोविरुद्ध हिमालयन शेर्पाको रोमाञ्चक जित
सम्पादक:南亚网络电视
समय:2023-03-28 13:45

goldcup_CyMNNWrxtY

शेर्पालाई महत्वपूर्ण जित दिलाउने क्रममा सुशिल राई र अबायोमीले गोल गरे। सातदोबाटोका लागि भने कप्तान सुदीप गुरुङले गोल गरेका थिए। 

काठमाडौंमा जारी ए डिभिजन लिगमा आमने सामने नभएका दुबै टिम पहिलो पटक मैदानमा उत्रिएका थिए। ए डिभिजन लिगमा दुबै टिमले ५/५ खेल खेलेका छन्। आफूले खेलेका पाँच खेलमध्ये चार खेलमा सातदोबाटोले जित हात पारेको छ भने शेर्पाले एउटा खेल जितेको छ। 

लिगमा एनआरटी, एपीएफ, फ्रेण्डस र खुमलटार युथ क्लबलाई पराजित गर्दै उच्च मनोबलका साथ सिमरा आएको सातदोबाटो पहिलो खेलमै निराश भएको घर फर्किन बाध्य भएको छ। शेर्पाविरुद्ध लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा सातदोबाटोका लागि जीतपुरसिमरा गोल्डकपको यात्रा पहिलो खेलबाटै समाप्त भएको छ। 

लिगको शिर्ष स्थानमा रहेका कारण उपाधीकै दावेदारका रुपमा हेरिएको सातदोबाटोले खेलको ३५ औं मिनेटमा अग्रता लिएको थियो। सुदीपले शेर्पाका डिफेन्डर म्यानुल नानाको गल्तिको फाइदा उठाएका थिए। डिबक्सभित्र सर्दोर्बेकले मिलाएको पासलाई सुदपयोग गर्दै सुदीपले गोल गरेका थिए। 

सर्दोर्बेकको पासलाई क्लियर गर्ने क्रममा म्यानुल नानाले नियन्त्रणमा गुमाएपछि सुदीपले टिमलाई अग्रता दिलाएका हुन्। सातदोबाटोको अग्रतालाई शेर्पाले पहिलो हाफको इन्जुरी समयमा बराबरीमा ल्याएको थियो। शेर्पाले पनि सातदोबाटोको डिफेन्डरको गल्तीको फाइदा उठाउन सफल भयो। 

कप्तान विश्वास श्रेष्ठको क्रस बललाई सातदोबाटोका डिफेन्डर करन रावत क्लियर गर्न नसक्दा शेर्पाका सुशिलले गोल गरेका हुन्। रावतले हेडमार्फत बल क्लियर गर्न खोजेका थिए। तर उनको फितलो हेडर बल शेर्पाका अबायोमीको खुट्टामा पुग्यो। अबायोमीले सुशिललाई उत्कृष्ट पास निकाले र सुशिलले मौका खेर फालेनन्। 

शेर्पा खेलमा फर्किएपछि ए डिभिजन डर्बी भीडन्त थप रोमाञ्चक बन्न पुग्यो। दोस्रो हाफमा दुवै टिमले अवसर बनाएपनि सदुपयोग गर्न सकेनन्। 

सातदोबाटोविरुद्ध थुप्रै अवसर खेर फालेको शेर्पाले खेल सकिन अन्तिम मिनेट बाँकी हुँदा उत्कृष्ट गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको थियो। शेर्पाका सत्यम शर्माको क्रस बलमा अबियोमीले आकर्षक हेड गर्दै गोल गरेका थिए। उनको हेडर बललाई नियन्त्रणमा लिन विपक्षी गोलरक्षक निशान थापा मगरले असफल देखिए। खेलको अन्तिम समयमा टिमका लागि महत्वपूर्ण गोल गरेका अबियोमी म्यान अफ दि म्याच घोषित भए। टिमको पहिलो गोलमा असिस्ट समेत गरेका अबियोमीले १० हजार नगद प्राप्त गरे। 

शेर्पाले अब फाइनल प्रवेशका लागि मकवानपुर ११ सँग खेल्नेछ। भरतपुर फुटबल क्लबलाई पराजित गर्दै मकवानपुर ११ ले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। 

प्रतियोगिता अन्तरगत मंगलबार अन्तिम क्वाटरफाइनल खेलमा ए डिभिजनको चर्च ब्वाईज युनाइटेड र नेपाल एपीएफ क्लबबीच भीड्नेछन्। एपीएफ १२ औं जीतपुरसिमरा गोल्डकपको उपविजेता हो। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर