नेभिगेसन मेनु

इंग्ल्यान्ड र पोर्चुगलको जित यात्रा कायम
सम्पादक:南亚网络电视
समय:2023-03-27 13:50

thumb (2)

पेरिस — युरो २०२४ मा इंग्ल्यान्ड र पोर्चुगलले आइतबार आफ्नो जित यात्रा कायम राखेका छन् । वेम्बलीमा भएको समूह ‘सी’ को खेलमा इंग्ल्यान्डले युक्रेनलाई सजिलै २–० ले हरायो । त्यसमा ह्यारी केन र बुकाया साकाले एक–एक गोल गरे ।

यस्तै, इटाली भने माल्टामाथि २–० को जित निकाल्न सफल रह्यो । यस्तै, समूह ‘जे’ मा क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले पोर्चुगलले लक्जेम्बर्गलाई ६–० ले हरायो । इंग्ल्यान्ड र पोर्चुगल दुवैको यो लगातार दोस्रो जित हो ।

आइतबारका अन्य खेलमा काजाकिस्तानले डेनमार्कलाई ३–२, फिनल्यान्डले उत्तरी आयरल्यान्डलाई १–०, आइसल्यान्डले लेचेस्टाइनलाई ७–०, स्लोभेनियाले सान मारिनोलाई २–० र स्लोभाकियाले बोस्निया हर्जगोभिनालाई २–० ले हरायो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर