काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ति करणी मुद्दाको अन्तिम सुनुवाई बन्द इजलासमा हुने भएको छ। मुद्दाको अन्तिम सुनुवाईका लागि काठमाडौं जिल्ला अदालतमा पेसी तोकिएको छ।
जबरजस्ती करणी मुद्दामा सन्दीप दोषि हुन् वा निर्दोष ? भन्ने विषयमा काठमाडौं जिल्ला अदालतले टुंगो लगाउने छ।
सोमबार सरकारी वकिल र पीडितको तर्फबाट कानून व्यवसायीले बहस गर्ने तयारी छ। पीडित पक्षका कानुन व्यवसायी पछि सन्दीपको तर्फबाट कानून व्यवसायीले बहस गर्ने जनाइएको छ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गर्दै विदेश जान अनुमति दिएको थियो। सर्वोच्चको आदेश लगत्तै उनी दुबईमा क्रिकेट खेलेर फर्किएका थिए।