नेभिगेसन मेनु

भुटानविरुद्ध लाओस सफल
सम्पादक:南亚网络电视
समय:2023-03-26 12:57

thumb

लाओसविरुद्ध गोल गरेका भुटानका चेन्चो ग्याल्सेन बल अगाडि बढाउने क्रममा । तस्बिर हेमन्त श्रेष्ठः /कान्तिपुर

काठमाडौँ — अन्तर्राष्ट्रिय फुटबलमा डिसेम्बर २०१९ यता पहिलोपल्ट फर्किएको भुटानको पुरुष राष्ट्रिय टिमले दक्षिण–पूर्वी एसियाली देश लाओसलाई दशरथ रंगशालामा शनिबार राम्रै चुनौती दियो । तर, बोनपछान बोनकोङको दुई गोलसँगै लाओसले २–१ को जित रच्दै प्रधानमन्त्री त्रिदेशीय कपमा फाइनल पुग्ने सम्भावना कायमै राख्यो ।

जर्मन प्रशिक्षक माइकल वेसले सम्हालेको लाओसको जितसँगै प्रधानमन्त्री कपको फाइनल खेल्ने दुई टिमको फैसला नेपाल र भुटानबीच मंगलबार हुने खेलको नतिजाले गर्नेछ । बुधबार पहिलो खेलमा नेपालले लाओसलाई २–० ले हराएको थियो । त्यसैले शनिबार लाओसले हात पारेको जितले समूह चरणमा नेपालविरुद्ध भुटानको खेल बाँकी छँदा फाइनल पुग्ने तीनै टिमको सम्भावना कायम राखेको छ । यस्तो अवस्थामा उपाधि होडमा उभिने सबैभन्दा बलियो सम्भावना नेपालको छ । घरेलु मैदानमा भुटानविरुद्ध जित वा बराबरी नतिजाले मात्रै होइन, दुई गोल अन्तरसम्मको हारमा पनि नेपाल फाइनलमा पुग्नेछ ।

लाओसविरुद्ध पहिलोपल्ट खेल्दै हारेपछि भुटानी टिमका मुख्य प्रशिक्षक पेमा दोर्जीले भने, ‘जुन चाहिँ योजना गरेको छ, त्योसँग खेल्नुभयो खेलाडीहरूले । अन्तिममा अलिकति थाकेर एकाग्रता गुमायो । त्यसले गर्दा गोल खायो । समग्रमा केटाहरूले राम्रै खेल्यो । खुसी छ । अर्को खेल घरेलु टिमसँग पर्दै छ । भन्न सक्दैन के हुन्छ, गोलको आँखा हुँदैन । त्यल्ले गरेर कोल्ले जित्छ थाहै हुँदैन । नेपालसँग खेल्नुपर्दा घरेलु मैदान र समर्थकले गर्दा अलिकति गाह्रै पर्छ । अब नेपालसँग कसरी खेल्ने त्यो योजना गर्छौं ।’ भुटानलाई दक्षिण एसियाली फुटबलमै कमजोर टिम मानिन्छ । यस्तो टिमवरुद्ध नेपाल हालसम्म अपराजित छ ।

छरिता फरवार्ड बोनपछानले पेनाल्टी क्षेत्रभित्रबाट बललाई पोस्टको दिशा दिँदै तेस्रो मिनेटमै गोलको खाता खोलेका थिए । पहिलो हाफमै माइकल भाङले प्रहार गरेको बलमा पोस्ट बाधक हुँदा लाओसले अग्रता दोब्बर गर्ने मौका गुमायो । तर, आई लिग च्याम्पियन क्लब राउन्डग्लास पन्जाबका फरवार्ड चेन्चो ग्याल्सेनले ३४ औं मिनेटमा उत्कृष्ट गोल गर्दै १–१ को स्थितिमा पुर्‍याएर भुटानलाई खेलमा फर्काए ।

निमा वाङ्दीले दिएको बललाई छातीले नियन्त्रण गरेपछि जाली चुमाउँदै चेन्चोले भुटानका लागि अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा बढी गोलको कीर्तिमान बनाए । उनको गोललाई लाओसका प्रशिक्षक वेसले ‘चलाखीपूर्ण र अनुभवको उपयोग’ ले सम्भव भएको बताए । तर, बोनछपानले ७१ औं मिनेटमा उस्तै उत्कृष्ट ढंगले निर्णायक गोल गर्दै आफ्नो टिमका काठमाडौं बसाइ लम्ब्याएका हुन् । उनले कप्तान सुकाफोन भोङचेखामले दिएको बल पेनाल्टी क्षेत्रको ठीकभित्रबाट ‘हाफ भली’ मार्फत गोलकिपर छिरिङ धेन्डुपलाई कुनै अवसर नदिई जालीको सम्पर्कमा पुर्‍याएर २–१ को जित रचे । जसले लाओसको फाइनल प्रवेशको सम्भावनालाई जीवन्त बन्यो । दोस्रो श्रेणीको थाई लिग खेलिरहेका सुकाफोन गोलपछि भावुक बनेका थिए । अन्त्यतिर तेन्जिन दोर्जीको प्रहारमा बल पोलमा लागेर फर्किंदा भुटान अंक जोड्न चुकेको थियो ।

भुटानविरुद्ध बराबरी नतिजाले पनि लाओसको फाइनल खेल्ने सम्भावना यथावत् रहन्थ्यो तर त्यसमा समीकरण जटिल हुने थियो । लाओसको जितपछि भुटानले फाइनल प्रवेशका लागि नेपालविरुद्ध ऐतिहासिक जित निकाल्नु अनिवार्य भएको छ ।

‘पक्कै पनि हामी खुसी छौं । खेलाडीहरू चाहेजस्तै खेलमा अभ्यस्त हुन थालेका छन् । हामीले बढी बल पोजेसन र अग्ला खेलाडी नभएकामा क्रस कम गरेर खेल्नेमा धेरै राम्रो गरेका छौं,’ जितपछि लाओसका प्रशिक्षक वेसले भने, ‘हामी नेपालभन्दा राम्रो छौं भन्दैनौं, नेपालले हामीलाई २–० ले हराएको छ । तर, आशा छ कि अर्को खेलमा (नेपालविरुद्ध भुटान) आश्चर्य हुने छैन । नेपालले फाइनलमा कसलाई पुर्‍याउने छ, त्यसपछि को राम्रो हो हेर्नुपर्छ र दोस्रो खेलमा घरेलु टिमलाई दर्शकले भरिएको रंगशालामा पराजित गर्न सक्छ कि नाइ भन्नुभन्दा यो (फाइनलको सम्भावना) नै वास्तविकता हो ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर