नेभिगेसन मेनु

प्रादेशिक अस्पतालको सेवासुविधामा विस्तार, बिरामीको चाप बढ्यो
सम्पादक:南亚网络电视
समय:2023-03-05 13:52

Untitled-1 (2)

बुटवल, फागुन २१ गते । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सेवा लिने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ। पछिल्लो समय अस्पतालको सेवासुविधामा विस्तार गरिएसँगै बिरामीको सङ्ख्यामा पनि वृद्धि भएको हो। 

सो अस्पतालका अनुसार गत बर्षसम्म दैनिक सेवा लिने बिरामीको सङ्ख्या सात सयसम्म थियो भने अहिले दैनिक एक हजार चारसम्म रहेको छ। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार प्रादेशिक अस्पतालको विशेषज्ञ सेवा थपिँदै जान थालेपछि सेवा लिने बिरामीको 

सङ्ख्यामा वृद्धि हुँदै गएको हो। 

अस्पतालले अब निकट भविष्यमै एमबीए, एनआईसीयू, सर्पदंश र अरू सेवा थप गर्ने योजना राखेको छ। एक वर्षमै आईसीयू शøयालाई छबाट बढाएर ३० मा पु-याएको छ भने मुटु रोगीका लागि १० शय्याको छुट्टै वार्ड सञ्चालन गर्न लागेको जनाएको छ। 

डा. ढकालले एक वर्षको बीचमै मेडिकल वार्ड १९ शøयाबाट ४५ पुगेको, इमर्जेन्सी २२ बाट ३५ बेडमा पुग्नुका साथै ट्रमा रुमसमेत तयार भएको बताउनुभयो।  डायलासिस सेवा पाँच शøयाबाट १९ मा पुगेको छ। 

अस्पतालले पाँच शय्याको जलन वार्डसमेत सञ्चालनमा ल्याएको छ। गत वर्षमात्रै अस्पतालमै प्लास्टिक सर्जरी सेवा सुरु गरेको मेडिकल सुपरिन्टेन्डेन्ट ढकालले बताउनुभयो। 

उहाँले अस्पतालले क्याथ ल्याबको संरचना तयार गरी अब छिटै सञ्चालनको प्रक्रियामा रहेको जानकारी दिनुभयो। अस्पतालले प्रदेश सरकारको सहयोगमा सिकलसेल र वंशाणुगत रोगको उपचार निःशुल्क गर्दै आएको छ। बहिरङ्ग सेवाको टिकट र बेडसमेत निःशुल्क गरेको छ। 

१९६७ सालमा स्थापना भएको यो अस्पताललाई लुम्बिनी प्रदेश सरकारले प्रदेशकै गौरवको आयोजनाको रूपमा १० तले सुविधा सम्पन्न अस्पताल भवन बनाउने योजना राखेको छ। 

अस्पतालले हालै प्रसूति तथा बालरोगको सेवा नयाँ भवनबाट सुरु गरेको छ। विगतमा भन्दा गुणस्तरीय सेवा दिन थाले पनि शौचालय भने दुर्गन्धित र फोहोरले भरिएको छ। 

उपभोक्ता हित संरक्षण मञ्च बुटवलले केही दिनअघि गरेको स्थलगत निरीक्षणमा अस्पतालको शौचालयमा पस्नै नसकिने, फोहोर र दुर्गन्धित भएको भन्दै अस्पताल प्रशासनको ध्यानाकर्षण गराएको थियो। त्यसपछि अस्पतालले अहिले शौचालयको सफाइमा समेत ध्यान दिएको बताएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर