नेभिगेसन मेनु

कैलालीमा प्रि-मनसुन वर्षा
सम्पादक:南亚网络电视
समय:2023-03-17 18:02

Rain-dhangadi

धनगढी, चैत ३ गते । कैलालीको धनगढीसहित विभिन्न स्थानमा आज बिहान वर्षा भएको छ । प्रि-मनसुन लागेको बेला यहाँ दोस्रो पटक हल्का वर्षा भएको हो । 

धनगढीमा केहीदिन अगाडि थोरै असिना पानी परेको थियो । प्रिमनसुनी वर्षाले किसानको मसुर बालीलाई भिजाएको छ । किसानले अहिले मसुर काट्ने र भित्र्याउने काम गरिरहेका छन् । 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाड तथा तराई भूभागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्टयाङ र हावाहुरीसहित क्षणिकदेखि मध्यम वर्षाको सम्भावना छ । 

यस्तै, राति पनि देशभर बदली रहने र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर