नेभिगेसन मेनु

बढ्दै घोडाघोडीको महिमा
सम्पादक:南亚网络电视
समय:2023-02-19 14:00

Untitled-1 (1)

घोडाघोडी, फागुन ७ गते । जैविक विविधतासँगै धार्मिक रूपमा समेत घोडाघोडीको महिमा बढ्दै गएको छ । महाशिवरात्रिका अवसरमा कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा रहेको शिव मन्दिरमा दिनभर देखिएको भीडले यसको महिमा बढ्दै गएको पुष्टि हुने स्थानीय बताउँछन् ।

कोरोनापछि शिवरात्रिका दिन घोडाघोडीमा दिनभर भीड थियो । महेन्द्रराजमार्गसँग जोडिएको मन्दिरमा आउने दर्शनार्थीको भीडलाई व्यवस्थापन गर्न बिहानदेखि नै ट्राफिक प्रहरी तथा जनपद प्रहरी खटिएका देखिन्थे । सबैभन्दा बढी धार्मिक पर्यटकको भीड शिवरात्रिका दिन देखिएको सुरक्षाकर्मीको समेत बुझाइ छ ।

शनिबार बिहानैदेखि मन्दिरको दर्शन गर्न भीड लागेको घोडाघोडी मन्दिरका पुजारी शङ्कर सञ्ज्यालले बताउनुभयो । जैविक विविधताले महìवपूर्ण विश्व सिमसार क्षेत्र घोडाघोडी तालको छेउमै रहेको घोडाघोडी मन्दिर, शिव मन्दिर र हनुमानलगायतका देवालय छन् । घोडाघोडीमा लवाङ्गी पूजा, मोहन्यालजात्रालगायत शिवरात्रिमा निक्कै भीड हुने गर्दछ ।

महìवपूर्ण शक्तिपीठका रूपमा रहेको मन्दिरको ऐतिहासिक धार्मिक महìवकाबारेमा पुजारी शङ्कर सञ्ज्यालले बताउनुभयो । उहाँका अनुसार परापूर्वकालमा देवी लक्ष्मीलाई भगवान् विष्णुको श्राप परेको र श्रापबाट मुक्त पाउन लक्ष्मीले घोडाघोडीमा रहेको पुत्रेश्वर महादेवको शिललिङ्गमा १०८ बेलपत्र र कमलको फूल चढाई शिवको आराधना तपस्या गरेर शिवरात्रिका दिनमै मुक्ति पाएको भन्ने धर्मग्रन्थमा रहेको र सोही दिनदेखि घोडाघोडी शिवशक्ति पीठका रूपमा महìव रहेको पाइन्छ ।

सुरुमा बेलको रुखमुनी ढुङ्गाको मूर्तिलाई शिवको प्रतिमा स्वरूप पूजाआजा गरिँदै आए पनि २०५१ सालमा योगी नरहरि नाथले कोटीहोम लगाएपछि घोडाघोडी धार्मिक क्षेत्रको महìव बढ्दै गएको हो । हाल सो क्षेत्रमा शिवकै तीनवटा मन्दिर छन् । 

स्थानीय मैनादेवी ढकालले मन्दिर दर्शन सँगसँगै तालको मनोरम दृष्य अवलोकन गर्न पाइने भएपछि यहाँ घुम्न आउनेको सङ्ख्या बढ्दै गएको बताउनुभयो । दर्शनार्थी वृद्धिसँगै स्थानीयको व्यापार बढेको उहाँले उल्लेख गर्नुभयो ।

शिवरात्रिका दिन घोडाघोडीमा पश्चिममा धनगढी महेन्द्रनगरदेखि पूर्वमा टीकापुर बर्दियासम्मका दर्शनार्थीहरू दर्शन गर्न आउने गरेका छन् । शिवरात्रिका दिन मन्दिर परिसरमा भेटिनुभएका टीकापुरका पवित्रा रावलले घोडाघोडी मन्दिरमा स्वच्छ मनले दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर