नेभिगेसन मेनु

जोखिममा खलङ्गा
सम्पादक:南亚网络电视
समय:2023-03-01 14:24

Untitled-1 (2)

दार्चुला, फागुन १७ गते । लास्कु खोलामा भदौ २४ गते आएको बाढीले भत्किएको तटबन्ध निर्माणमा ढिलाइ भइरहेको छ। एक विद्यालयसहित १२ घर बगाएको बाढीले सदरमुकाम क्षेत्रमा बनेको पक्की तटबन्धको रिङ्नेतालदेखि लास्कु खोलासम्म क्षति पु-याएको थियो। बाढी प्रभावित क्षेत्रमा समयमै तटबन्ध नबने फेरि बाढी बङ्गाबगर क्षेत्रको बस्तीमा पस्ने जोखिम रहेको स्थानीय चक्रबहादुर बमले बताउनुभयो।

भारतीय पक्षले महाकालीको प्राकृतिक बहाव नेपालतर्फ फर्काएर धमाधम तटबन्ध निर्माण गरिरहेको छ, उहाँले भन्नुभयो, “दार्चुला सदरमुकामको महाकाली किनारमा २०७० असारमा आएको बाढीले क्षति गरेपछि पक्की तटबन्ध निर्माणाधीन अवस्थामै छ। 

खलङ्गा बजारलाई जोगाउन आठ वर्ष पहिलेदेखि पाँच वर्षमै पूरा गर्ने लक्ष्यका साथ निर्माणाधीन तटबन्ध निर्माण अहिलेसम्म नसकिएको हो। कैलाशपति आधारभूत विद्यालय छाङरु पछाडिको भागदेखि गत भदौमा आएको बाढीले पूरै तटबन्ध पुरेको छ। भारतले लास्कु खोला पारिसम्म बनाइरहेको तटबन्धका कारण महाकालीको बहाव नेपालतर्फ मोडिने सम्भावना धेरै छ। 

अन्तर्राष्ट्रिय सीमा नदी महाकालीको बङ्गाबगर क्षेत्रमा नेपालतिर नदीको सतह खुलिरहँदा भारतले भने साँघु-याउँदै ल्याइरहेको छ। भारतले तारजालीमा ढुङ्गा भरेर महाकाली नदीको बहाव परिवर्तन गर्दै आएको छ। गत मङ्सिर १८ गते भारतले महाकालीको प्राकृतिक बहाव नेपाल फर्काएपछि सीमा क्षेत्रमा स्थानीयबीच ढुङ्गा हानाहान भएको थियो। 

त्यसको तीन दिनपछि नेपाल–भारतका सीमा अधिकारीबीचको बैठकले भारतीय पक्षबाट तटबन्ध निर्माणका क्रममा निर्माण गरेका अस्थायी संरचना १० दिनमा हटाइसक्ने सहमति भएको थियो तर उक्त सहमतिअनुसार अहिलेसम्म तटबन्ध निर्माण गरेको ठाउँको अस्थायी संरचना हटाइएको छैन। 

महाकाली नदी क्षेत्रमा कोर र अन्य एरिया गरेर विभिन्न स्थानमा तटबन्ध निर्माण गर्न ठेक्का लागिसकेको महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख मनोहरकुमार शाहले बताउनुभयो। विगतमा सम्झौता भइसकेका ठेक्कामा ठेकेदारले काम नगरेर हैरान हुनुपरेको प्राविधिकहरूको प्रतिक्रिया छ। दुई वर्ष अगाडि नै काम सकिनुपर्ने ठेक्कामा अहिलेसम्म प्रगति नै हुन नसकेको आयोजना प्रमुख शाहले बताउनुभयो। 

महाकाली नदी क्षेत्रको कोर र अन्य एरियामा गरेर १४ करोडको ठेक्का छ। निर्माण व्यवसायीले काम नगरेर तटबन्ध निर्माणमा लक्ष्यअनुसार प्रगति हुन नसकेको आयोजनाले जनाएको छ। आयोजनासित बजेट नभएकाले लास्कु खोलामा विभागको मौखिक सहमतिमा उधारोमा टेन्डर खोलेर काम भइरहेको आयोजना प्रमुख शाहको भनाइ छ। 

चालू आर्थिक वर्षमा महाकाली, चौलानी, नौगाड नदीमा तटबन्धको काम गर्न विभागमा ९० करोड बजेट माग गर्न फाइल पठाएका छौँ, उहाँले भन्नुभयो, “अहिले लास्कु खोलामा दुँहु क्षेत्र जोड्ने पुलदेखि माथि बस्ती भएको क्षेत्रसम्मको करिब १८० मिटर लम्बाइको पर्खाल (वाल) बनिरहेको छ।” डडेल्धुराका निर्माण व्यवसायी भीम साउदले महाकाली नदी किनारको श्रीबगर, कलोन र पुलघाटको तीन प्याकेजमा पक्की तटबन्ध निर्माण गर्न बाँकी रहेको बताउनुभयो। उहाँका अनुसार ठेक्का सम्झौता भएको तीन वर्ष पुगे पनि सम्झौताअनुसार काम नभएको उहाँले बताउनुभयो।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर