नेभिगेसन मेनु

भाग्यमानी सन्तोषीमाथि ठूलै भरोसा
सम्पादक:南亚网络电视
समय:2023-02-20 13:44

thumb (1)

काठमाडौँ — नेपाली खेलकुदले धेरै भरोसा गर्न सक्ने खेलाडी हुन्, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ । अध्ययनमा अब्बल उनी सायद भाग्यमानी पनि छिन् । त्यसैले त उनले त्यस्तो अवसर पाएकी छन्, जसबारे कमै मात्र चिताउन सक्छिन् । उनी आइतबार राति दुबई हुँदै इथोपियाको एडिस अबाबमा गएकी छन् ।

त्यहाँ उनले विश्व प्रसिद्ध खेलाडीसँगै उत्तिकै नाम कहलिएका प्रशिक्षकसँग प्रशिक्षणमा बिताउनेछिन् । यसक्रममा उनी अफ्रिकामा प्रशिक्षण लिन पाउने पहिलो नेपाली खेलाडी हुनेछिन् । त्यसपछि उनले एम्स्ट्रडममा पनि प्रशिक्षण लिनेछन् र केही प्रतियोगितामा सहभागिता पनि जनाउनेछिन् । यो सबै सम्भव भएको हो, ग्लोबल स्पोर्ट्स कम्युनिकेसन नामक संस्थाको मद्दतले । यो जस्तो विश्व खेलकुद र त्यसको व्यवस्थापनमा अब्बल ठहरिएको संस्था हो । एडिस अबाबमा रहने क्रममा सन्तोषीको प्रशिक्षक हुनेछन्, तेसोम अबसेरो । एम्स्ट्रडममा एक अथवा बढी औपचारिक मान्यता प्राप्त प्रतियोगिता खेल्ने कार्यक्रम पनि रहेको छ ।

आइतबार नै आयोजित बिदाइ समारोहमा २९ वर्षीया सन्तोषीले भनिन्, ‘म निकै भाग्यमानी पनि छु, किनभने म यति ठूलो कार्यक्रमका लागि चयन भएँ । म धेरैथोक नयाँ सिकेर आउने छु । म जितको मानसिकता बोकेर आउने छु । यसले मेरो व्यक्तिगत प्रदर्शनमा सकारात्मक असर पर्ने नै छ । यसबाहेक म नयाँ पुस्तालाई सहयोग गर्न सक्ने पनि हुनेछु ।’ उनी ग्लोबल स्पोर्ट्स कम्युनिकेसनको कार्यक्रममा छानिने दक्षिण एसियाकै पहिलो तथा एसियाको दोस्रो खेलाडी हुन् ।

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक स्वर्ण जितेकी सन्तोषी सम्भवतः एम्स्ट्रडमको बसाइपछि लन्डन जानेछिन् । यसबारे भने कार्यक्रम तय हुन बाँकी छ । त्यस दक्षिण एसियाली खेलकुदकै क्रममा सामान्य चोटग्रस्त रहेकी सन्तोषीको एम्स्ट्रडमको बसाइका क्रममा उनको चोटबारे पनि परीक्षण हुनेछ । उनका मेन्टर तथा प्रशिक्षक रहेका रघु वन्तले भने, ‘उनलाई चोटले दुःख दिइरहेको धेरै भयो, अहिलेसम्म चोटका कारण पत्ता लगाउन सकिएको छैन । त्यसबारे पनि परीक्षण हुनेछ ।’

प्रशिक्षक वन्त मान्छन्, सबथोक योजनाअनुसार चल्ने हो भने सन्तोषीबाट अबको एसियाली खेलकुदमा धेरै आस गर्न सकिनेछ । सम्भवतः पदककै । सन्तोषीको मुख्य विधा अहिले पनि पाँच र १० किलोमिटर दौड नै रहेको छ । एसियाली खेलकुदमा महिला हाफ म्याराथन नरहेको हुनाले उनी तिनै मध्यम लामो दूरीको दौडमै केन्द्रित हुनेछिन्, म्याराथनका लागि अहिले नै प्रयास गर्ने योजना छैन । अफ्रिका र युरोप बसाइका क्रममा उनको प्रदर्शनमा सुधार आउने विश्वास पनि छ । वन्त थप्छन्, ‘सन्तोषी निकै राम्रो खेलाडी हुन् । उनी कति राम्रो धाविका हुन्, यसको सहज अनुमान यस खेलका पारखीले मज्जाले गर्न सक्छन् । त्यसैले पनि उनी यति ठूलो कार्यक्रमका लागि चयन भएकी हुन् । फेरि सन्तोषीको शैक्षिक अध्ययन पनि अब्बल छ । त्यसैले उनी यस कार्यक्रममा छानिएकी हुन् ।’ सन्तोषीलाई यसका लागि महत्त्वपूर्ण भूमिका निभाएका नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले पनि उनीबारे धेरै आस रहेको बताए ।

बिदाइ समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले भविष्यमा सन्तोषीलाई आवश्यक पर्ने सहयोगका लागि आफूहरू तयार रहेको बताए । उनले सन्तोषीको प्रदर्शनको नजिकबाट अध्ययन गरेको र एसियाली खेलकुद अगाडि विशेष प्रशिक्षणमा राख्न सकिने बताए । सन्तोषीले घरेलु प्रतिस्पर्धा तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै पदक जितिसकेकी छन् । उनको नाममा महिलाको पाँच हजार दौड र हाफ म्याराथनको कीर्तिमान पनि रहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर