नेभिगेसन मेनु

सर्वाधिक स्वर्णसहित डुंगेश्वरको हातमा शिल्ड
सम्पादक:南亚网络电视
समय:2023-02-19 13:52

hsh

दैलेख, फागुन ७ गते । १३ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि डुङेश्वर गाउँपालिकाले हात पारेको छ । दैलेखको चामुण्डा बिन्द्रशैनी नगरपालिका सञ्चालित जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड जितेको हो । सर्वाधिक ७ स्वर्ण , २ रजत र ७ कांस्य गरी सर्वाधिक १५ पदक  जित्न सफल भएको छ । 

तीन दिन सम्म सञ्चालित प्रतियोगितामा दोस्रो स्थानमा नारायण नगरपालिका बनेको छ । नगरपालिकाले  ६ स्वर्ण , २ रजत र २ कांस्य गरी जम्मा १० पदक जित्न सफल भयको छ । त्यस्तै ५ स्वर्ण सहित नौमुले गाउँपालिकाले तेस्रो स्थानमा समेटिएको छ । आयोजक पालिका समेत रहेको चामुण्डा बिन्द्राशैनी नगरपालिका चौथो स्थानमा  चामुण्डा बिन्द्रासैनी नगरपालिकाले ५ स्वर्ण, ४ रजत र १ कांस्य गरी जम्मा १० वटा पदक जित्न सफल भएको छ । त्यस्तै पाँचौँ स्थानमा ठाटिकाध गाउँपालिकाले ओगटेको छ । जसले ३ स्वर्ण , ४ रजत र ३ कांस्य गरी १० पदक जित्न सफल भयको छ । 

छैटौँ स्थानमा भगवती गाउँपालिका बनेको छ । जसले स्वर्ण ३, रजत २ र कांस्य ४ गरी ९ वटा पदक प्राप्त गरेको छ । त्यस्तै ७ औ स्थानमा भैरवी गाउँपालिका स्वर्ण १ रजत २ र कांस्य  २ गरी कुल ५ पदक जित्न सफल भयको छ ।  यसै गरी  ८ औ आठ बिस न पा  ५ रजत, कस्य ३ सहित आठ बिस न पा ८ औ स्थानमा चित्त बुझाएको छ । गुराँस गाउँपालिका शून्य पदक सहित खाली हात फर्किएको भने दुल्लु नगरपालिका र महावू गाउँपालिका सहभागी भएको थिएन । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर