नेभिगेसन मेनु

नेपाली महिला टिमका प्रशिक्षक थापा भन्छन्– भारतलाई चुनौती दिन तयार छौँ
सम्पादक:南亚网络电视
समय:2023-02-13 12:54

Nepali team1676179081 (1)

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक अनन्तराज थापाले मैत्रीपूर्ण फुटबलमा भारतसामु चुनौती प्रस्तुत गर्न आफूहरू तयार रहेको बताएका छन् । आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आयोजित बिदाइ कार्यक्रममा प्रशिक्षक थापाले नेपाली टिम मैत्रीपूर्ण खेलका लागि तयार रहेको प्रतिक्रिया दिए ।

“तयारी राम्रो भइरहेको छ । दुई हप्तादेखि हामी निरन्तर प्रशिक्षणमा छौँ । टिममा राम्रो कम्बिनेसन बनेको छ । भारतविरुद्ध प्रतिस्पर्धात्मक खेल हुन्छ जस्तो लाग्छ मलाई । दक्षिण एसियामा भारतीय महिला टिम सशक्त राष्ट्र हो । तर, नेपालले साफ च्याम्पियनसिपमा जुन किसिमको प्रदर्शन देखाएर भारतलाई हरायो, त्यो सराहनीय कुरा छ,” प्रशिक्षक थापाले भने, “भारतको तयारी सधैँ राम्रो हुन्छ । त्यसले पनि हामीलाई चुनौती त छ, तर सुखद नतिजाको लक्ष्यमा छौँ । म अखिल नेपाल फुटबल संघ (एन्फा) र अखिल भारत फुटबल महासंघ (एआईएफएफ)लाई मैत्रीपूर्ण खेल आयोजनाका लागि धन्यवाद दिन चाहन्छु । दक्षिण एसियामा यसप्रकारका फुटबल खेल्यौँ भने महिला फुटबल निकै माथि पुग्छ जस्तो लाग्छ, मलाई । समग्रमा हामी भारतलाई चुनौती दिन तयार छौँ ।”

उनले राष्ट्रिय टिममा सात महिनापछि ‘कमब्याक’ गरेकी पूर्वकप्तान रेनुका नगरकोटी ‘सम्पत्ति’ भएको बताए । “रेनुका हाम्रो नेपाली महिला टिमको सम्पत्ति हो । त्यसलाई कसरी सदुपयोग गर्ने र कसरी प्रयोग गर्ने भन्ने कुरामा हामीले विचार पुर्‍याउनुपर्छ । उनी चोटबाट फर्किने क्रममा छिन् । आउँदो दिनमा उनले नेपाली टिमलाई अझ धेरै योगदान दिन सक्छिन् जस्तो लाग्छ,” थापाले भने ।

नेपालले आउँदो फागुन ३ र ६ गते भारतसँग उसैको मैदानमा दुई मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । दुवै खेल चेन्नईस्थित जवाहरलाल नेहरु रंगशालामा नेपाली समयानुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।

सोही खेलका लागि थापा नेपाली टिमको मुख्य प्रशिक्षक र पारस चौधरी सहायक प्रशिक्षकका रूपमा रहेका छन् ।

नेपाली टिम

एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान), अन्जना रानामगर, उषा नाथ, विमला विक, घिमकुमारी गुरुङ, अमृता जैसी, गीता राना, हिराकुमारी भुजेल, निशा थोकर, समीक्षा घिमिरे, प्रीति राई, अनिता बस्नेत, अनिता केसी, विमला चौधरी, दीपा शाही, सरु लिम्बू, रेनुका नगरकोटी, सविता रानामगर, निर्मला विक, साबित्रा भन्डारी, अमिशा कार्की, रश्मीकुमारी घिसिङ र रेखा पौडेल ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर