नेभिगेसन मेनु

भारतसँग अस्ट्रेलियाको लज्जापूर्ण हार
सम्पादक:南亚网络电视
समय:2023-02-12 12:09

1676161562_AP23042274107144-1200x560

स्पिनर रविचन्द्रन आश्विन र रविन्द्र जडेजाको घातक बलिङमा निरिह बनेको अस्ट्रेलियाले शनिबार पहिलो टेस्टमा एक इनिङ र एक सय ३२ रनको फराकिलो नतिजा सुम्पिएको छ।

भारतले ३२१–७ बाट तेस्रो दिनको खेल सुरु गरेको थियो। भारतले थप ७९ रन जोड्दा दिउँसोको खाना सत्र अघि बाँकी तीन विकेट गुमायो। भारतले अस्ट्रेलियामाथि पहिलो इनिङमा दुई सय २३ रनको अग्रता लिएको थियो। जडेजाले पाँच विकेट र आश्विनले तीन विकेट लिएपछि अस्ट्रेलिया पहिलो इनिङमा मात्र एक सय ७७ रनमा सीमित भएको थियो। दोस्रो दिनको खेल समाप्तीमा अविजित ६६ रनमा रहेका जडेजाले थप ४ रन जोडे। यता अविजित ५२ रनमा रहेका पटेलले पनि थप ३२ रन जोडे। मोहम्मद सामीको नाममा ३७ रन रह्यो।  

अस्ट्रेलियाका लागि डेब्यु गरेका टोड मर्फीले ४७ ओभरमा एक सय २४ रन खर्चदै सात विकेट लिएका थिए। त्यस्तै प्याट कमिङ्सले दुई र नाथन लियोनले एक विकेट लिएका थिए। अस्ट्रेलिया दोस्रो इनिङमा पनि जडेजा र आश्विनको बलमा निरिह बन्यो। अस्ट्रेलिया दोस्रो इनिङमा मात्र ९१ रनमा सीमित भयो। अस्ट्रेलियाका लागि पूर्वकप्तान स्टिभ स्मिथले अविजित २५ रन जोडे। स्मिथले ५१ बलमा दुई चौका र एक छक्का प्रहार गरे। मार्नुस लाबुसेनले २८ बलमा तीन चौकाको मद्दतमा १७ तथा एलेक्स क्रे र ओपनर डेविड वार्नरले समान १० रन जोडे। अन्य ब्याटरले भने दोहोरो अंकमा स्कोर गर्न नै सकेनन्।

भारतका लागि आश्विनले १२ ओभरमा ३७ रन खर्चदै पाँच विकेट लिएका थिए। जडेजाले १२ ओभरमा ३४ रन खर्चदै दुई तथा सामीले ४.३ ओभरा १३ रन खर्चदै दुई विकेट लिएका थिए। यस जितसँगै भारतले चार टेस्टको शृंखलामा १–० को अग्रता लिएको छ। ‘अस्ट्रेलिया बलियो प्रतिद्वन्द्वी हो र हामीले पहिलो इनिङमा गरेको उत्कृष्ट सुरुआतले नै तीन दिनभित्रमै टेस्टको नतिजा आफ्नो पक्षमा पार्न सफल भयौं,’भारतका कप्तान रोहित शर्माले भने, ‘बलरका साथै ब्याटरले आफ्नो जिम्मेवारी पूरा गरे। दोस्रो इनिङमा जडेजा र आश्विनले लय कायम राख्दै अस्ट्रेलियाको इनिङ समाप्त पारे। आशा छ हाम्रो उत्कृष्ट लय दोस्रो टेस्टमा पनि कायम रहनेछ।’ अस्ट्रेलियाका कप्तान कमिङ्सले भने भारतीय स्पिनरसामु खुलेर खेल्न नसक्दा नतिजा सुम्पिन बाध्य भएको बताए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर