नेभिगेसन मेनु

कोरियाले दियो नेपाललाई ४२ वटा गाई
सम्पादक:南亚网络电视
समय:2022-12-23 13:10

हिफर

काठमाडौं, पुस ८। कोरिया सरकारले नेपालाई ४२ वटा उन्नत जातका गाई तथा साँढे अनुदान दिएको छ। नेपाल सरकारलाई निःशुल्क हस्तातरण गर्ने गरी विहिबार जहाजमार्फत कोरेली बाच्छी र साँढे काठमाडौं ल्याउन थालिएको छ।

२० वटा होलेस्टेन साँढे (बाच्छा) र १०१ वटा होलेस्टेन गाई काठमाडौंमा ल्याउने तयारी रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। बिहीबार पहिलो चरणमा नेपाल आइपुगेका गाई, सााढे र ३४ लिटर जमेको वीर्य नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क सोङ्ग सुले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छी विकासतर्फका सचिव डा. दीपककुमार खराललाइ हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ।
ती गाई र साँढेलाई क्यारेन्टाइनका लागि नेपाल कृषि अनुसन्धान परिषद (नार्क)मा राखिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले बताए। ती गाईहरु केही सरकारलाई र धेरैजसो किसानलाई वितरण गर्ने योजना रहेको उनले बताए। सिन्धुलीका किसानले कमलामाई नगरपालिकाको सहयोगमा यी गाईका लागि गोठ तयार गरिसकेको उनले बताए। नेपालमा दूधको उत्पादन बढाउन र उन्नत नश्लका गाईको संख्या विस्तार गर्न कोरियाबाट सहयोग प्राप्त भएको हो। उनले भने, ‘गाई र साँढे ल्याउँदा लागेको करिब साढे १७ करोड रूपैयाँ खर्च सबै हेफरले बेहोर्नेछ।’

हस्तान्तरण

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर