नेभिगेसन मेनु

दुर्गम पालिकामा मतदान अधिकृत खटाइए
सम्पादक:南亚网络电视
समय:2022-11-15 12:25

blog

मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा निर्वाचन तयारी तीव्र पारिएको छ । दुर्गम ठाउँका पालिकामा मतपत्रलगायत निर्वाचन सामग्री दिएर मतदान अधिकृत, सहायक मतदान अधिकृतलाई मतदान केन्द्रमा खटाउने काम भइरहेको छ ।

निर्वाचन सम्पन्न गर्न बैतडीमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक र कार्यालय सहयोगी गरेर एक हजार ६८४ जनशक्ति परिचालन हुने जिल्ला निर्वाचन कार्यालय बैतडीले जानकारी दिएको छ । 

मतदान अधिकृत, सहायक मतदान अधिकृतलाई तालिम दिएर सिगास गाउँपालिका, डिलासैनी गाउँपालिका र पुरचौडी नगरपालिकामा कर्मचारी खटाउने काम भइरहेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयालले बताउनुभयो । उहाँका अनुसार २६ र २७ गते तालिम दिएका मतदान अधिकृत, सहायक मतदान अधिकृतलाई आज निर्वाचन सामग्री दिएर पठाइएको र कात्तिक २८ गते तालिम लिइरहेकालाई २९ गते खटाइनेछ ।

निर्वाचनमा मतदान गर्न बैतडीमा २१० मतदान केन्द्र रहेका छन् भने जिल्ला कारागारमा रहेका कैदीबन्दीका लागि एक अस्थायी मतदान केन्द्रसमेत स्थापना गरिएको छ । 

बैतडीमा एक हजार ३७३ जना अस्थायी मतदाता रहेका छन् । कैदीबन्दी र अस्थायी मतदाताका लागि जिल्ला कारागार बैतडीमा अस्थायी मतदान केन्द्र राखिएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । बैतडीमा एक लाख ५० हजार १५६ जना मतदाता रहेका छन् ।अस्थायी मतदान केन्द्र जाने सडक निर्माण जिल्ला कारागारमा रहेको अस्थायी मतदात केन्द्रसम्म जाने सडक निर्माण भएको छ । 

जिल्ला प्रशासन कार्यालय बैतडीको अगुवाइमा सडक निर्माण भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश 

पन्थीका अनुसार वर्षौंदेखि सडक पहुँच पुग्न नसकेको बैतडी कारागार कार्यालयमा सदरमुकामको मुख्य मार्गबाट ट्र्याक खोल्ने काम भएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर