नेभिगेसन मेनु

‘प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौमा’
सम्पादक:南亚网络电视
समय:2025-07-21 12:07


olbaa

एस् ए टी भी ५ श्रावण २०८२, काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको १४ महिनापछि भारत भ्रमणको चर्चा भएको छ। भदौ अन्तिम साता ओलीको भारत भमण निश्चित भएको भनिए पनि परराष्ट्र मन्त्रालयले भने यो विषयमा औपचारिक रुपमा केही बताएको छैन।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार भदौ ३१ गते उनी दुईदिने भारत भ्रमणमा जान लागेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भ्रमणको मिति तय भइनसके पनि तयारी थालिसकेको बताए।

‘प्रधानमन्त्रीको भ्रमण निश्चित भइसकेको छ। भ्रमण सफल बनाउन हामीले तयारी पनि थालिसकेका छौं,’ उनले भने, ‘भ्रमण तालिका र मिति केही दिनभित्रै सार्वजनिक गर्छौं।’

प्रधानमन्त्री ओलीको भारत भ्रमणको विषयमा कूटनीतिक तहमा छलफल भैरहेको थियो। यस विषयमा एक महिनाअघि नै छलफल थालिएको थियो। भ्रमणबारे प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, गृहमन्त्रालय, उद्योग र वाणिज्य मन्त्रालयले समेत तयारी थालेका छन्। प्रधनानमन्त्री तहबाट लामो कोसिस भएपछि भ्रमणको मिति तय भएको बताइएको छ।

यसअघि प्रधानमन्त्री ओली बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंकक जानुअघि भारत भ्रमणको चर्चा भएको थियो। गत वैशाख र असारमा पनि भारत भ्रमण हुने चर्चा चलेको थियो।

बिम्स्टेक शिखर सम्मेलनका क्रममा चैत २२ गते ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबिच बैंककस्थित होटल माडारिन ओरियन्टलमा भएको भेटवार्तामा नेपालद्वारा प्रस्तावित भ्रमण मितिलाई भारतको आन्तरिक पात्रोका आधारमा आपसी सहमतिमै टुंगो लगाउने गरी छलफल भएको भएको थियो। बिमस्टेक शिखर सम्मेलनका क्रममा दुवै प्रधानमन्त्रीबिच एक्लाएक्लै भेट भएको थियो। बैंककबाट स्वदेश फर्केलगत्तै ओलीले आफू भारत भ्रमणमा जाने बताएका थिए।

२०८१ असार ३१ मा प्रधानमन्त्री नियुक्त भएयता ओलीले भारत भ्रमणका लागि निरन्तर प्रयास गर्दै आएका थिए। तर भारतीय पक्षले चासो नदेखाउँदा प्रधानमन्त्री ओलीको भ्रमणको हुन सकेको थिएन। प्रधानमन्त्री ओलीले गत मंसिरमा उत्तरी छिमेकी चीनको औपचारिक भ्रमण गरेका थिए। चीनबाट स्वदेश फर्केकै दिन पनि ओलीले भारत भ्रमण तय गर्ने बताएका थिए।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर