एस् ए टी भी १५ असार, काठमाडौँः ‘धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता’ भन्ने नारासहित आज २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ मनाइँदै छ।
प्रमुख खाद्यबाली धान खेतीलाई प्रोत्साहित गर्न हरेक वर्ष असार १५ मा सरकारसहित किसानले धान दिवस मनाउँदै आएका छन्। आज नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटारमा धान रोपाइँ गरेर दिवस मनाउने कार्यक्रम रहेको कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले बताए।
वर्षात भएकाले धमाधम धान रोपाइँ भइरहेको छ। कृषि विभागका अनुसार अहिलेसम्म करिब १६ प्रतिशत धान रोपाइँ भएको छ। शुक्रबारसम्म १३ लाख ९१ हजार तीन सय २१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ।
कोशीमा १४.३ प्रतिशत, मधेशमा ३.९ प्रतिशत, बागमती प्रदेशमा २०.५ प्रतिशत, गण्डकी प्रदेशमा १३.८, लुम्बिनी प्रदेशमा ९.७ प्रतिशत, कर्णाली प्रदेशमा ३९.१ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ४५.५ प्रतिशत रोपाइँ भएको छ। गत वर्षको सोही अवधिमा १७.२ प्रतिशत मात्र रोपाइँ भएको थियो।