नेभिगेसन मेनु

अपहरणमा परेका चिनियाँको उद्धार, ४ भारतीय पक्राउ
सम्पादक:南亚网络电视
समय:2025-01-15 15:33

kidnapping

एस् ए टी भी ०२ माघ, काठमाडौंः काठमाडौँको ठमेलबाट अपहरणमा परेका चिनियाँ नागरिकको उद्धार गरिएको छ । चिनियाँ नागरिक यु हुआन हुआनलाई फर्पिङबाट उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

मंगलबार मध्यान्ह १ बजेतिर प्रहरी कन्ट्रोलमा ठमेलको होटलबाट चिनियाँ अपहरणमा परेको सुचना आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली अपहरणकारीको खोजीमा जुटेका थिए ।

अपहरणमा संलग्नहरूलाई मकवानपुरको भिमफेदीबाट पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय भिमफेदीकी इन्स्पेक्टर ललिता ढकाल नेतृत्वको टोलीले एम्बुसिङ गरेर भारतीय नम्बरको गाडी सहित दुईजना भारतीयलाई पक्राउ गरेको हो । प्रहरीको घेरामा परेको थाहा पाएपछि चिनियाँलाई लिएर जङ्गलतिर भागेका थप दुई जनालाई पनि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘गाडीको चालक सहित ४ भारतीय नागरिकलाई पक्राउ गरेका छौँ ।’

पक्राउ पर्नेमा महाराष्ट्र घर भएका ३३ वर्षीय आशुतोष दत्तात्रय थ्रोट, ३० वर्षीय अमोल खारमत, ४० वर्षीय आफा सरुनेश शाइक्स र ३० वर्षीय अमोल शीर्षत छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर