नेभिगेसन मेनु

ड्रागन बोट फेस्टिभलको पूर्व सन्ध्यामा प्रतिस्पर्धी बोकेको जहाज पोखरा अवतरण
सम्पादक:南亚网络电视
समय:2024-12-26 16:48

图片_20241226114249

एस् ए टी भी ११ पौष, पोखराः नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ यही डिसेम्बर २९ र ३० मा हुने ड्रागन बोट रेस प्रतियोगितामा सहभागी हुन चीनबाट १२९ जना प्रतिस्पर्धी तथा प्रतिनिधिको जम्बो टोली आज सिचुआन एयरलाइन्सको चार्टर्ड उडान मार्फत पोखरा आइ पुगेका छ। उडान बिहान १०ः११ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।

图片_20241226114234

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह-आयोजनामा पर्यटकीय राजधानी पोखरामा दोस्रो ड्रागन बोट फेस्टिभल आयोजना हुन लागेको हो। 

IMG_7430

प्रतिस्पर्धी तथा प्रतिनिधिको स्वागतार्थ कार्यक्रममा नेपाल स्थित चिनियाँ दूतावासका महामहिम राजदूत छन् सोङ, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, नेपाल पर्यटन बोर्ड तथा नेपाल ड्रागन बोट एसोसिएसनका प्रतिनिधिहरूको उपस्थिति थियो।  विमानस्थल परिसरमा विभिन्न बाजागाजा सहित प्रतिस्पर्धी तथा सहभागीहरूको स्वागतमा स्थानीय उपस्थित थिए। 

IMG_7399

ड्रागन बोट प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका ११, चीनका ८ र सिंगापुरका एक गरी २० वटा समूहको सहभागिता रहने आयोजकले जनाए। २ सय मिटर र ५ सय मिटर दुरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दुरीका प्रथम हुने विजेता समूहले पाँच हजार डलर, उपविजेताले दुई हजार डलर, तृतीयले १ हजार २०० सय डलर पुरस्कार प्राप्त गर्नेछन् । त्यसै गरी, सहभागी बाँकी १७ वटा समूहलाई प्रति समूह पाँच सय डलर पनि प्रदान गरिने आयोजकले जनाए।

IMG_7500

चीन सरकारको अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन बोट फेस्टिभल पटक सफलतापूर्वक आयोजना गरिएको थियो। चीनले यस खालका प्रतियोगिता विश्वका ५० वटा देशमा आयोजना गर्ने गरेको छ । यस प्रतियोगिताले नेपाल र चीनका नागरिकबिच सुमधुर सम्बन्ध स्थापित हुनाको साथै नेपालको पर्यटन प्रवर्द्धन हुने अपेक्षा राखिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर