नेभिगेसन मेनु

दमकल नपुग्ने काठमाडौंका साँघुरा गल्लीमा ड्राइराइजर जडान
सम्पादक:南亚网络电视
समय:2025-01-15 11:50

dri riser

एस् ए टी भी ०२ माघ, काठमाडौंः आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा गल्लीहरूमा काठमाडौँ महानगरपालिकाले ड्राइराइजर प्रणाली जडान गरिरहेको छ। यो कार्य विपद व्यवस्थापन विभागको पहलमा भइरहेको छ, जहाँ केन्द्रबाट हुने योजना र वडाहरुले आफ्नै बजेटबाट प्रणाली जडान गरिरहेका छन्। 

वडा नं. ३ को सुरुङ् गल्ली, वडा नं. ६ को संगम टोल, वडा नं. ७ को कुटी गल्लीसहित वडा नं. १०, १५, १६, र १७ का विभिन्न गल्लीहरूमा ड्राइराइजर जडान भएको छ। महानगरका अनुसार, वडा नं. १० मा मंगल गल्ली, मुल्मी गल्ली, घण्टी गल्ली, तीनधारा गल्ली, र कलाकार गल्लीमा पाइप जडान भएको छ।

जडान भएका पाइपको परीक्षण जुद्ध बारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रकहरूले गरिरहेका छन्। दमकल नपुग्ने साँघुरा सडक र गल्लीमा आगो निभाउन ड्राइराइजर प्रयोग गरिन्छ, जुन सुख्खा पाइप लाइन हो। नियमित पानी बगेमा यसलाई वेटराइजर भनिन्छ। 

ड्राइराइजरमा दुवैतर्फ इनलेट भल्व र ४५-७५ मिटरमा आउटलेट हुन्छ। दमकलको पानी इनलेटमा राखी, आवश्यकताअनुसार आउटलेटबाट पानी लिन सकिन्छ। डेलिभरी होर्जबाट आगो नियन्त्रण गरिन्छ र ८ बार प्रेसरमा पानी ७ तले भवनसम्म पुग्न सक्छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर