एस् ए टी भी २२ असोज काठमाण्डौँः यस वर्षको भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकले पाएका छन् ।
रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले वैज्ञानिकहरु जे हपफिल्ड र जेफ्री ई. हिन्टनलाई उक्त विधाको नोबेल पुरस्कार दिने निर्णय गरेको हो ।
आधारभूत खोज र आविष्कारका लागि कृत्रिम न्यूरल सञ्जालहरूसँग मेशिन सिकाइमा सक्षम बनाउन गरेको योगदानको आधारमा उनीहरुलाई पुरस्कार दिइएको हो ।