नेभिगेसन मेनु

परराष्ट्रले भन्यो लेबनानमा रहेका नेपाली सुरक्षित, आवश्यक परे यी नम्बरमा सम्पर्क गर्नुस्
सम्पादक:南亚网络电视
समय:2024-10-02 12:56

pararaastra

एस् ए टी भी १६ असोज, काठमाण्डौंः सरकारले लेबनानमा रहेका नेपाली सुरक्षित रहेको बताएको छ। परारष्ट्र मन्त्रालयले मङ्गलवार राति सूचना जारी गर्दै लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित रहेको भन्दै अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ।

मन्त्रालयले लेबनानमा रहेका नेपाली नागरिकहरूको सहजताका लागि निरनतर प्रयास भइरहेको भन्दै कुनैपनि सहयोग तथा जानकारी चाहिएमा सम्पर्क गर्न पनि भनेको छ।

त्यसका लागि मन्त्रालयले कायरोमा दीपक घिमिरेलाई २०१०७७७२३४८ नम्बरमा ह्वाट्सएपमार्फत् सम्पर्क गर्न भनेको छ भने बेरुतमा मोहम्मद गोजायललाई ९६१३३०११८१, ९६१७१६८८८२१ र ९६१८१८८३७१३ नम्बरमा सम्पर्क गर्न सकिने बताएको छ।

यसैगरी काठमाडौंमा परराष्ट्र मन्त्रालयका शाखा अधिकृत श्रीकृष्ण सिलवाललाई ९८४९१७९५२० नम्बरमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।

mantralaya

mantralaya

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर