नेभिगेसन मेनु

सुनको मूल्यमा दोस्रो दिन पनि गिरावट, कतिमा हुँदैछ आज कारोबार?
सम्पादक:南亚网络电视
समय:2024-09-18 13:09

gold

एस् ए टी भी ०२ असोज, काठ्माण्डौंः नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ। मङ्गलवार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला तीन सय रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। मङ्गलवार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

मङ्गलवार चाँदी प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा कारोबार भएको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर