नेभिगेसन मेनु

पाँच वर्षपछि खुले गोरखाका ङुइला र रुइला नाका
सम्पादक:南亚网络电视
समय:2024-08-23 12:41

thumb

गोरखा — कोरोना महामारीका बेला बन्द भएका चुमनुब्री गाउँपालिकाका दुई चिनियाँ नाका खुलेका छन् । वडा नम्बर-७ को छेकम्पारस्थित ङुइला नाका मंगलबार र वडा नम्बर-१ स्थित रुइला नाका बुधबार खुलेका हुन् ।

गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार ङुइला नाका एक महिना र रुइला नाका १५ दिनका लागि खोलिएका हुन् ।

नाका खुलाउने विषयमा दुवैतर्फका जनप्रतिनिधिबीच गत जेठमा छलफल भएको थियो । सीमापारि चीनतर्फका जनप्रतिनिधिले सोमबार चुमनुब्री–७ का अध्यक्ष टासी दोर्जे लामालाई टेलिफोन गरी नाका खुल्ने जानकारी गराएका थिए । प्रमुख जिल्ला अधिकारी भोला दाहालले स्थानीय जनप्रतिनिधिमार्फत नाका खुला हुने भन्ने जानकारी पाएको तर आधिकारिक पत्र नआएको बताए ।

कोरोना महामारीअघिसम्म ङुइला नाका बाह्रै महिना खुला हुँदै आएको थियो । चीन सरकारले कोरोना महामारी सुरु भएपछि २०७६ पुसबाट उत्तरी क्षेत्रको नाका एकतर्फी रूपमा बन्द गरेको थियो । अहिले चिनियाँ पक्षले आफ्नोतर्फ स्या गाउँसम्म मात्र आउन भनेका छन् । याक र चौंरीका लागि भने नाका खुला गरिएको छैन । ‘स्यासम्म घोडा मात्र लिएर आउन भनेका छन्,’ वडाध्यक्ष टासीले भने । पहिले भने याक र चौंरीमार्फत पनि स्थानीयले चिनियाँ बजारबाट उपभोग्य सामग्री ढुवानी गर्थे ।

नाका खुला हुने खबर आएपछि जनप्रतिनिधि र कटुवालमार्फत गाउँमा खबर पुर्‍याइएको पनि टासीले जानकारी दिए । ‘नेपाली नागरिकता र सीमा पास दुवै लिएर जान भनेका छौं,’ उनले भने, ‘नाका खुलेको सूचना गाउँमा सबैलाई भनिसक्यौं ।’

छेकम्पारनजिकैको स्या गाउँ नाकाबाट एकदेखि डेढ घण्टाको पैदल दूरीमा पुगिन्छ । नाका खुलेसँगै उपभोग्य सामग्री ढुवानीमा सहज हुने भएकाले स्थानीय खुसी भएका छन् । उपभोग्य सामग्री खरिदका लागि तिब्बती बजारसम्म जाने तयारीमा उनीहरू जुट्न थालेका छन् ।

नाका नखुल्दा स्थानीयलाई लागतको तेब्बर ढुवानी मूल्य तिरेर गोरखाकै तल्लो क्षेत्रको आरुघाट, आर्खेत लगायतका बजारबाट उपभोग्य सामग्री गाउँ पुर्‍याउँदै आएका छन् । गोरखाको तल्लो बजारबाट खच्चड मार्फत उपभोग्य सामग्री पुर्‍याउन तीनदेखि चार दिनसम्म लाग्ने गर्छ । खच्चडको ढुवानी भाडा चर्को पर्छ । नाका खुलेपछि ढुवानी खर्च घट्ने भएकाले उपभोग्य सामग्रीको मूल्य घट्न सक्ने स्थानीय बताउँछन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर