नेभिगेसन मेनु

सेयर बजारमा ५७ अंकको गिरावट, कारोबार ७ अर्बमा सीमित
सम्पादक:南亚网络电视
समय:2024-09-16 19:07

nepse

३१ भाद्र, काठमाडौं : सेयर बजार घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ। साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्ड‍ेक्स  १.८२ प्रतिशतले घटेर ४६०.११ विन्दु्मा पुगेको छ।

अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक ५० अंकले घटेको  थियो। सो दिन १० अर्ब ३३ करोड मूल्य बराबरको कारोबार भएको थियो। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ।

यसदिन ३१२ स्क्रिप्सको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता सेयर ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३८३ रुपैयाँमा खरिदबिक्री भए। 

यसदिन दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आत्मनिर्भर  लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ९.९२ ,रावा इनर्जी डेभलपमेन्टको ५.३७ र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको सेयर  ५.३२ प्रतिशतले बढेको हो।

गुडविल फाइनान्सका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९.९१ प्रतिशतले घट्यो। यसैगरी थ्री स्टार हाइड्रोपावरको ९.३६,नेपाल फाइनान्सको ८.४२,सृजनशील लघुवित्त वित्तीय संस्थाको ८.२८ र मितेरी डेभलपमेन्ट बैंकको ७ प्रतिशतले सेयर मूल्य घटेको हो।

सीईडीबी हाइड्रोपावर ३१ करोड मूल्य बराबरको सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो। सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्सले २७ करोड मूल्य बराबरको सेयर कारोबार गर्दा नेपाल फाइनान्सले २० करोड,एनएलजी इन्स्योरेन्सले १८ करोड र हिमालयन रिइन्स्योरेन्सले १४ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये १४ स्टक्सको मूल्य बढ्दा २२७ वटाको  घट्यो। बाँकी तीनवटा स्टक्सको मूल्य भने स्थिर रह्यो। सबै समूहको उपसूचक नकारात्मक देखिएका  छन्। यसदिन फाइनान्स समूहको उपसूचक सर्वाधिक ५.६६ प्रतिशतले घटयो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर