नेभिगेसन मेनु

चौधर नदीले २० बिगाह जमिन कटान, ११४ घर जोखिममा
सम्पादक:南亚网络电视
समय:2024-09-14 14:04

kailaliduban

२९ भाद्र,कञ्चनपुर- कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नं.४ सार्की टोलमा चौधर नदी गाउँ पस्दा ठूलो मात्रामा कटान र डुवान गरेको छ ।

चौधर नदीले सार्की टोलमा हालसम्म २० बिगाहा भन्दा बढी जमिन कटान गरेको छ भने ३ सय मिटर पिच गरेको सडकसमेत बगाएर लगेको छ ।

कटान गर्दै नदी बस्ती नजिक पुग्न थालेपछि ज्ञान ज्योति बाल विकास केन्द्र जोखिममा परेको छ भने अन्य घरहरुसमेत जोखिममा परेका छन ।

घरभित्रै नदी पसेपछि खाद्यान्न, बन्दोबस्तीका समान र अत्यावश्यक कागजपत्र सबै भिजेर नष्ट भएको स्थानीय राजुराम सार्कीले बताउनुभएको छ ।

तटबन्ध निर्माण नभएका कारण सार्की टोलमा बर्षेनी खोलाले कटान गरिरहेको भन्दै सरकारले आफुहरुमाथि अन्याय गरेको राजुरामको भनाइ छ ।

चौधर नदीको कटान र डुवानका कारण सार्की टोलका १ सय १५ घर जोखिममा रहेका छन ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर