नेभिगेसन मेनु

कैलालीमा बाढीको उच्च जोखिम, ५१ परिवारलाई सुरक्षित स्थानमा सारियो
सम्पादक:南亚网络电视
समय:2024-09-13 13:37

kailali duban

एस् ए टी भी २८ भाद्र,टीकापुर : कैलालीको सुदूरपूर्वी जानकी गाउँपालिकामा बाढीको जोखिममा रहेका ५१ घर परिवारलाई सुरक्षित स्थानमा  सारिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार पूर्व सूचनाका आधारमा जानकी गाउँपालिका-४ गिरधरपुरका ३५ घर र वडा नम्बर ७ फरेलाका १६ घर परिवारलाई सुरक्षित भवनमा सारिएको हो ।

वडा नम्बर ४ का वडा अध्यक्ष दिपेन्द्रकुमार कठरियाले पथरैया नदीको बाढी गाउँमा पसेकाले सुरक्षित स्थानतर्फ सारिएको बताए ।  

त्यस्तै जोशीपुर गाउँपालिका-४ को वाणी र पटाउ गाउँमा र ३ को भित्तरिया गाउँमा समेत पथरैया र काँढा नदीको बाढी पसेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर