नेभिगेसन मेनु

दुई दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध, गगनेखोलाको पहिरो हटाउन समस्या
सम्पादक:南亚网络电视
समय:2024-09-13 13:34

1726198650_karnali-1200x560

एस् ए टी भी २८ भाद्र, काठमाण्डौं : पहिरोले कर्णाली राजमार्ग अन्तर्गतको सुर्खेत–जुम्ला सडक दुई दिनदेखि अवरुद्ध छ। बुधवार बेलुकीको अविरल वर्षापछि पहिरो जाँदा कर्णाली राजमार्गमा पर्ने कालीकोटको गंगनेखोला एसमोड र हुल्मसम्म माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

पहिरोले शुभकालिका–१ मा पर्ने गगने खोला, एस मोड, काले खोला हुल्मलगायतका ठाउँमा सडक अवरुद्ध भएको छ।

सडक अवरुद्ध भएपछि गाडी र यात्रु बाटोमा अलपत्र छन्। सधैँ पहिरो गइरहने गगने खोलामा ठूलो पहिरो गएको प्रहरीले जनाएको छ।

गगने खोलामा त बुधबार बेलुकी नै पहिरो गएर गाडी रोकिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी गोविन्द चौधरीले बताए। वर्षाले गगने खोला माथिबाट ठूला ढुङ्गा सहितको लेदो बगिरहेकोले सडक खुलाउने कार्य रोकिएको उनको भनाइ छ।

गगने खोलामा पहिरो गएपछि ठाउँ–ठाउँमा गाडी अलपत्र परेको जिल्ला टाफिक प्रहरी कार्यालयका इन्चार्ज टोपबहादुर महताराले बताए। वर्षा नरोकिँदासम्म मेसिन पनि जानसक्ने अवस्था नरहेकाले काम गर्न कठिन भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

पहिरोले सडक अवरुद्ध भएकाले कर्णाली राजमार्गमा यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र हिँड्न जिल्ला प्रहरी कार्यालय कालीकोटले सामाजिक सञ्जालमार्फत सूचना जारी गरेको छ।

यो सडकमा वर्षात्मा हालसम्म १ सय ४६ पटक पहिरो गएर यात्रीले सास्ती पाइरहेका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर