नेभिगेसन मेनु

सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन तोलामा ३ हजारले बढ्यो
सम्पादक:南亚网络电视
समय:2024-09-13 13:11

gold

एस् ए टी भी २८ भाद्र, काठमाण्डौं : स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएकाे छ। अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि बढेकाे छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि गत भदौ २६ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम भएको थियो।

बिहिबार दिन भने छापावाला सुनको मूल्य प्रतितोला १  लाख ५३ हजार ३ सय रुपैयाँ कायम थियो। आज चाँदीको मूल्य पनि बढेको छ। 

चाँदीको मूल्य ६५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर