नेभिगेसन मेनु

फेरि घट्यो निक्षेपको ब्याजदर, दुई बैंकले बढाए
सम्पादक:南亚网络电视
समय:2024-08-16 13:40

Interest rate 1655029078

आगामी भदौको लागि बैंकहरूले मुद्दती निक्षेप व्याजदर सामान्य घटाएका छन्।

साउनका लागि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा औसत ६.६७ प्रतिशत ब्याजदर दिइरहेकामा यस्तो ब्याजदर घटेको हो।

बैंकहरूले भदौका लागि प्रस्ताव गरेको औसत ब्याजदर ६.४६ प्रतिशत छ। दुई बैंकले भने व्याजदर बढाएका छन्।

हिमालयन र प्राइम कमर्सियल बैंकको ब्याजदर सामान्य बढेको छ।

हिमालयन बैंकले ६.२५ बाट बढाएर ब्याजदर सात प्रतिशत र प्राइमले ६.५ प्रतिशतबाट बढाएर सात प्रतिशत बनाएको छ।

अहिले सबैभन्दा धेरै ब्याजदर एनएमबी र एनआइसी एशिया बैंकले दिने भएका छन्।

बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.४१ प्रतिशतसम्म ब्याज दर दिने भएका हुन्। साउनमा पनि कर्जाको वृद्धिदर समान्य रहेपछि बैंकहरूले लागत घटाउन निक्षेपको ब्याजदर घटाएका हुन्।

बैंकहरूले साधारण बचतको व्याजदर न्युनतम ३ प्रतिशतसम्म पनि दिइरहेका छन्। यो दर ३ प्रतिशत प्रतिशतसम्म छ।

बैंकहरूले अहिले कर्जा लगानी नभएको कारण राष्ट्र बैंकमा राख्ने रकममा समेत ३ प्रतिशतदेखि ५.४१ प्रतिशतसम्म छ।

int-rates

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर