नेभिगेसन मेनु

कर्णालीका ४ जिल्लामा २ दिनदेखि विद्युत सेवा अवरुद्ध
सम्पादक:南亚网络电视
समय:2024-09-13 12:40

biddyut

एस् ए टी भी २८ भाद्र, दैलेख– सुर्खेत विद्युत प्रसारण लाइनमा समस्या आएपछि कर्णाली प्रदेशका ४ जिल्ला अन्धकारमय बनेको छ। कर्णालीका दैलेख, कालीकोट, जुम्ला र मुगुमा विगत दुई दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदा नागरिक अँध्यारोमा बस्न बाध्य भएका छन्।

अहिलेसम्म प्रसारण लाइनमा कहाँ र के समस्या आएको हो पत्ता लगाउन नसकेकाले मर्मतमा समस्या भइरहेको नेपाल विद्युत प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालय प्रमुख शम्भु कुशियैत यादवले बताए। प्राविधिक टोलीले विद्युत प्रसारण लाइनमा जाँच गरिरहेको उनले बताए।

बिहीवारदेखि विद्युत सेवा अवरुद्ध हुँदा त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। विद्युत् सेवा ठप्प भएपछि इन्टरनेट, टेलिफोन लगायतका सञ्चार माध्यम र विभिन्न सरकारी तथा निजी कार्यालयको काम नियमित हुनसकेको छैन।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर