नेभिगेसन मेनु

रसुवाको पासाङल्हामु मार्ग बन्द
सम्पादक:南亚网络电视
समय:2024-09-07 14:37

rasuwa

२२ भाद्र २०८१: जिल्लास्थित पासाङल्हामु मार्गअन्तर्गत ग्राङ र ठाडेबीच मूलखर्कमा सडक अवरूद्ध हुँदा यात्रुवाहक बससहित सबै सवारीसाधन रोकिएका छन्।

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार गएरातिको वर्षाका कारण माथिबाट खसेको ढुङ्गा सडक सतहमा अडिएकाले पूर्ण रूपमा सवारीसाधन रोकिएका हुन्।

ढुङ्गा अत्यन्तै ठूलो भएकाले फुटालेर मार्ग खुलाउन ब्रेकर मेसिनको खोजी भइरहेकाले तत्काल सडक सञ्चालन गर्न सक्ने अवस्था नरहेको प्रजिअ खनालले जानकारी दिए।

अत्यधिक वर्षपछि आएको पहिरोसँगैको ढुङ्गाले सडक अवरूद्ध बनेको उनले बताए। ढुङ्गा फुटाइ सडक सञ्चालन गराउने प्रयास गरिरहेको प्रजिअ खनालले बताए। 

सडक अवरूद्व भएकाले दर्जनौँ सवारीसाधन र यात्री मूलखर्कमा रोकिएका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर