नेभिगेसन मेनु

घोप्टेभीरमा लेदोसहितको पहिरो, काठमाडौं जाने बाटो बन्द
सम्पादक:南亚网络电视
समय:2024-09-06 13:18

BATO-ABARUDDA

२१ भाद्र २०८१,चितवन- नारायणगढ मुग्लिङ सडक खण्डको इच्छाकामना गाउँपालिका ४, घोप्टेभीरमा लेदोसहितको पहिरो गएर काठमाडौं जाने अवरुद्ध बन्द भएको छ ।

अहिले बिहान ७ बजेर २५ मिनेट जाँदा माथिबाट पहिरो खसी बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । पहिरोको कारण काठमाडौं जाने बाटो दुईतर्फ नै अवरुद्ध छ ।

प्रहरी सहायक निरीक्षकको टोली पहिरो खसेको ठाउँमा पुगेर सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन थालिएको चितवन प्रहरीले जनाएको छ ।

चितवनमा रातीदेखि नै पानी परिरहेको छ । निरन्तरताको पानीको कारण नारायणगढ मुग्लिङ सडक खण्डमा पहिरोको जोखिम कायमै रहेको जनाइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर