नेभिगेसन मेनु

चीनका लागि प्रस्तावित राजदूत ओलीले भने : नाका खोल्न र चिनियाँ लगानी प्रवर्द्धन गर्न पहल गर्छु
सम्पादक:南亚网络电视
समय:2024-09-01 15:45

saniti-samsadiya_TlGUlrja4j_hxafqqYtxz

काठमाडौं : संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई सुरु गरेको छ। समितिले आइतबारबाट विभिन्न १७ देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ सुरु गरेको हो। 

आइतबार चीनका लागि प्रस्तावित नेपाली राजदूत कृष्णप्रसाद ओली, डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधर लगायतसँग समितिले सुनुवाई गरेको थियो।  सो क्रममा प्रस्तावित राजदूतहरुले आ–आफ्नो कार्ययोजना प्रस्तुत गरेको थियो।  

चीनका लागि प्रस्तावित नेपाली राजदूत ओलीले चीन–नेपालबीच भएका सम्झौता कार्यान्वयनमा आफूले पहलकदमी लिने बताए। नेपालका विभिन्न क्षेत्रहरुमा चिनियाँ लगानी प्रवर्द्धन गर्न पहल गर्ने, नाका खोल्ने र खोलेका नाकालाई व्यवस्थित गर्नका लागि पनि आफूले काम गर्ने उनको भनाई छ।

१७ देशका लागि प्रस्तावित राजदूतविरुद्ध समितिमा १० वटा उजुरी परेका छन्।  यसअघि समिति शुक्रबार उजुरीकर्ताहरुसँग छलफल गरेको थियो।  समितिले २२ गतेसम्म निरन्तर प्रस्तावित राजदूतको सुनुवाई गर्ने र भदौ २४ गते र २५ गते छलफल गरी निर्णय गर्ने गरि कार्यतालिका बनाएको छ।  सरकारले साउन १४ गते विभिन्न १७ देशका लागि राजदूत सिफारिस गरेको थियो।  संविधान अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर