नेभिगेसन मेनु

पाँचथरमा विस्फोटबाट घाइते भएका एकैघरका दुई बालबालिकाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2024-08-30 11:28

blast_20210815091720_YduAeVZezg_99dPNHKtZz

फिदिम : पाँचथरको फालेलुङ गाँउपालिका ५ डाँडागाँउको शक्तिशाली बिस्फोटमा परी गम्भीर घाइते भएका एकाघरका दुई जना बालबालिकाको मृत्यु भएको छ। दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन र २ वर्षीया छोरी प्रिन्सा साँवाको मृत्यु भएको हो। 

दिप्सनको झापाको बी एण्ड सी अस्पतालमा उपचारको क्रममा गएराती मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। प्रिन्साको उपचारका लागि झापा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

स्थानीय आईतराज केरुङको घरमा बिहिबार दिउँसो भएको शक्तिशाली बिस्फोटमा परी चार बालबालिका घाइते भएका थिए। घाइतेमध्धे दिप्सन र प्रिन्साको अवस्था गम्भीर भएपछि थप उपचारका लागि झापा रेफर गरिएको थियो। बिस्फोटबाट घाइते भएका ज्ञानबहादुर राईका ११ वर्षीय छोरा पवन राईको भने पाँचथर अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था समान्य छ। घटनामा परि सामान्य घाइते भएका दीपक राईका ७ वर्षीय छोरा दिपसन राईको स्थानीय प्राङबुङ स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किएका छन्।

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हेमन्त क्षेत्रीले जानकारी दिए। घटनास्थलबाट शंखास्पद बस्तुसमेत प्रहरीले फेला पारेको छ। ‘होममेड ग्रिनेट’ विस्फोट भएको हुनसक्ने प्रहरीको अनुमान छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर