नेभिगेसन मेनु

प्रचण्ड गर्मीले जनजिवन कष्टकर, सडक सुनसान
सम्पादक:南亚网络电视
समय:2024-08-18 13:10

Messenger_creation_5a008dbf-267a-4903-8301-772aacfdf1d4-1536x1148

राजविराज । केही दिनयता बिहानैदेखि टन्टलापुर घामसँगै बढेको अत्यधिक गर्मीका कारण जनजीवन कष्टकर बनेको छ । बिहानै ३० डिग्रि तापक्रम हुँदै दिउँसोसम्म ४१ डिग्री सम्म तापक्रम पुग्न थालेपछी जनजिवन अस्तव्यस्त बन्न पुगेको हो ।

भदौं पहिलो साता सुरु हुन लाग्दा पनि कहिले काही मात्र पानी पर्दा गर्मी अत्यधिक बढेपछिे जनजीवन प्रभावित भएको छ ।

बेला–बेलामा सामान्य वर्षा भए पनि यस क्षेत्रमा गर्मी घट्न सकेको छैन । पानी परेर मौसम उघ्रिनासाथ गर्मी बढ्न थालेको छ । चर्को घामका कारण मध्यान्हमा घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन् ।

गर्मीले दिउँसोको समयमा मुख्य बजारका सडक सुनसान हुन थालेका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको संख्या घटेको छ । गर्मीका कारण विद्यालय, उद्योग व्यवसाय सबै प्रभावित भएका छन् ।

केही दिन यता प्रचण्ड गर्मी र पानी नपर्दा घाउ, खटिरा, आँउमासी, टाईफाईड, ज्वरो, झाडा पाखाला लगायतका रोगका विरामीको चाप बढदै गएको गजेन्द्र नारायण सिह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवले बताए । उनले गर्मीको असरले स्वास्थ्यमा धेरै प्रकारको प्रभाव पार्ने भएकाले आवश्यक सावधानी अपनाउदै बढ्दो गर्मीबाट जोगिन फलफूलको जुस, पानीलगायतका तरल पर्दाथको सेवनलाई बढाउनुका साथै काम नभए दिउँसोको समयमा घरबाहिर नस्किन सर्वसाधारणलाई सुझाव समेत दिए ।

चर्काे घाम लाग्ने अनि हावा भने फिटिकै नचल्ने गरेका कारणले गर्मीबाट जोगिन घर बाहिर कमै निस्कने गरेको राजविराज ४ का होटल व्यवसायी शम्भु साहले बताए । उनले भने, घरमा वस्दा पनि गर्मीबाट खासै जोगिन सकिएको छैन । पंखाको हावाले काम गरिरहेको छैन । राती अलि शितल हुनु पर्ने हो, त्यो पनि छैन । गर्मी छल्न पंंखा चलाउदा पनि तातो हावा फाल्ने गरेकाले सुत्न पनि निकै गाह्रो हुने गरेको छ ।

यता गर्मी बढेसँगै बजारमा हरेक वर्ष चिसो पेयपदार्थको माग ह्वात्तै बढ्छ र यो वर्ष झनै त्यसको मात्रा बढेको छ । अहिले गर्मी बढेसँगै चिसो पेय पदार्थको बिक्री बढेको छ । अहिले बजारमा उखुको जुस, सर्वत, बरफ, कुल्फी, आइसक्रिमको व्यापार पनि एकाएक बढेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर