नेभिगेसन मेनु

गाउँमै सुरक्षा भत्ता पाउँदा ज्येष्ठ नागरिक खुसी
सम्पादक:南亚网络电视
समय:2024-07-28 14:13

jyastha-nagarika-gulmi

तम्घास, साउन १३ गते । गाउँ टोलमै सामाजिक सुरक्षा भत्ता पाउँदा यहाँका ज्येष्ठ नागरिकमा खुसी छाएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका १ हर्मिचौरका ज्येष्ठ नागरिकले गाउँटोलमै सामाजिक सुरक्षा भत्ता पाउँदा खुसी भएका हुन् ।

कालीगण्डकी गाउँपालिका १ हर्मिचौरका ७५ वर्षीय पार्वती पाण्डेले गाउँमै सामाजिक सुरक्षा भत्ता पाउँदा बैंकमा जानुपर्ने समस्याबाट मुक्त भएको बताउनुभयो । 

उमेर घर्किदैजाँदा गाडीमा बसेर बैंकमा जान पनि नसकिने समयमा गाउँमै आएर भत्ता पाउँदा सहज भएको बताउनुभयो । सोही वडाका १०८ वर्षीय तुल्सीराम भट्टराई, कौसिला पाण्डे र थानिश्वरा पाण्डेले गाउँमै सामाजिक सुरक्षा भत्ता पाउँदा स्थानीय सरकार साथमा रहेको अनुभूती प्राप्त भएको बताउनुभयो । 

उहाँहरुले स्थानीय सरकारले ज्येष्ठ नागरिकको समस्यामा सारथी बन्न आग्रह समेत गर्नुभयो । आफूहरुलाई भत्ता लिनका लागि पालिका र बैंकमा जाने समस्या हुने गरेको बताउँदै सके घरमै र नसके टोल अर्थात वडा कार्यालयबाट लिनेगरी ब्यबस्था गर्न आग्रह गर्नुभयो ।

कालीगण्डकी गाउँपालिका वडा १ का वडा अध्यक्ष लालुप्रसाद पाण्डेले ज्येष्ठ नागरिकको सहजताका लागि बैंकको सहकार्यमा गाउँमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताउनुभयो । सबैलाई पायक पर्नेगरी टोल–टोलमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने र अति वृद्ध र अशक्तका लागि घरमै गएर वितरण गर्ने तथा घरको सदस्यमार्फत प्रदान गर्दैआएको उहाँको भनाइ छ । 

वडाभित्र ज्येष्ठ नागरिक १८७, दलित ज्येष्ठ नागरिक २२, एकल महिला २४, बाल संरक्षण ३१, पूर्ण अपाङग १९ र अति अशक्त अपाङग २० जना रहेको सामाजिक परिचालक मोनिका बस्यालले जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिकको घरमै गएर स्वास्थ्य परीक्षण लगायत उहाँहरुलाई सम्मान समेत गर्दैआएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्रबहादुर थापाले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर