नेभिगेसन मेनु

तीन दिनपछि न्यूरोडबाट फिर्ता भयाे महानगरकाे डोजर, फुटपाथ विस्तार अलपत्र
सम्पादक:南亚网络电视
समय:2024-07-21 12:31

newroad-bibad-e1721534104327

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोडबाट डोजर हटाएको छ । न्यूरोडमा फुटपाथ विस्तारका लागि प्रयोग गर्न ल्याइएको डोजर तीनदिनपछि जुद्धशालिकबाट महानगर फिर्ता भएकाे हाे ।

फुटपाथ विस्तार गर्न गएकाे डाेजर फिर्ता भएपछि फुटपाथ विस्तार अलपत्र परेकाे छ । न्यूराेड क्षेत्रमा सडककाे बायाँ साइट खनेर राखिएकाे छ ।

गत बुधबारदेखि फुटपाथ विस्तारको काम सुरु भएको न्यूरोडमा स्थानीयको विरोध पछि काम अवरुद्ध भएको छ । तीनदिनदेखि काम अघि बढ्न नसकेपछि सडक खन्न लगिएको डोजर आज बिहान ४ बजे हटाइएको हो । 

शुक्रबारदेखि स्थानीयले फुटपाथको विरोध गर्दै अवरोध गरेको थियो । स्थानीयको अवरोधपछि काम अघि बढ्न सकेको थिएन । स्थानीयहरु शुक्रबार दिनभर आन्दोलनमा उत्रिएका थिएभने मेयर बालेन साहको समेत पुत्ला दहन गरेको थियो ।

साथै उनीहरु टेन्ट टाँगेर रातभर त्यही बसेका थिए । महानगरले स्थानीयसँग सहमति खोज्ने प्रयास गरेपनि सफल हुन सकेन । २२ नम्बरका वडाध्यक्ष चिनीकाजी मर्हजनपनि फुटपाथको विरोधमा उत्रिएका थिए ।

शनिबार पनि दिनभर स्थानीयले अवरोध गरेपछि काम अघि बढ्न सकेन । स्थानीयको चौतर्फी विरोधपछि महानगर आज विहानै उक्त ठाउँबाट डोजर हटाएको हो ।

३२ वटै वडाका केही वडाध्यक्षहरु र सदस्यहरु फुटपाथको विरोधमा उत्रिएका छन् । उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तारको काम सुरु गर्न अवरोध नगर्न अन्तरिम आदेशदिएपछि महानगरले काम सुरु गरेको थियो ।

त्यसअघि  गत जेठ पहिलाे साता सडक डिभिजन  काठमाडाैं कार्यालयले अनुमति नलिई  फुटपाथ विस्तार गरेकाे भन्दै महानगरकाे सामान  सडकबाट जफत गरेकाे थियाे । साथै उक्त सडक आफ्नाे  क्षेत्राधिकार  पर्ने भन्दै काम अघि नबढाउन  निर्देशन दिएकाे थियाे ।

महानगरले  सडक डिभिजन  काठमाडाैं कार्यालयविरुद्ध  उच्च अदालतमा  मुद्दा दायर गरेकाे थियाे । अदालतले  महानगरकाे पक्षमा  अन्तरिम आदेश दिएकाे थियाे ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर