नेभिगेसन मेनु

पूर्व पञ्चहरुको फेरियो मन,सरकार ढाल्ने खेलमा छन्
सम्पादक:南亚网络电视
समय:2024-07-21 12:23

raprapa-dhumbarahi_iC8W8c3Cyw

प्रतिनिधिसभाको पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक साताभित्रै आफ्नो वचन फेरेको छ । गत आइतबार केपी शर्मा ओली प्रधानमन्त्री बनेलगत्तै राप्रपाले हौसिंदै विश्वासको मत दिने बताएको थियो । तर,प्रधानमन्त्रीले संसद बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव राख्नुभन्दा २४ घण्टा अगावै उसले पहिलेको धारणा परिवर्तन भएको जनाएको छ ।

तपाईंहरुले भोलि प्रधानमन्त्रीलाई विश्वासको मत दिनुहुन्छ कि दिनुहुन्न ? भनेर जनआस्थाले सोधेको प्रश्नमा राप्रपाका एक जना नेताले भने, ‘काँग्रेस र एमालेले संविधान संशोधन गर्ने भनेका थिए । आजसम्म न काँग्रेस,न एमाले दुबैले असार १७ मध्यरातको सम्झौता देखाएनन् । संविधान संशोधनको विश्वस्त आधार पनि दिएनन् । सम्झौतामा के लेखिएको छ कसैले पत्तो पाएका छैनन् । त्यसैले यस्तो अन्धकारमा कसरी विश्वासको मत दिनु ?’

राप्रपाले विशेषगरी धर्म निरपेक्ष मुलुकको सट्टा हिन्दु राजतन्त्रको वकालत गर्दै आएको छ । गणतान्त्रिक प्रणाली अपनाइएको हालको अवस्थामा उसका दुबै माग त्यति सापेक्ष देखिँदैनन् । तर पनि संविधान संशोधनको कुरो सुन्नेबित्तिक्कै गत साता राप्रपाले ओली सरकारलाई समर्थन दिने निर्णय गरेको थियो ।

उनै नेताले भने, ‘पहिलो कुरो,हामी यो सरकारमा जान केही कुरा हुनैपर्यो । कुरो नबुझ्दै अस्ति हौसिएर समर्थन दिइयो । अहिले पछाडि फर्कनुपर्ने भएको छ । अझै पनि संविधान संशोधनका लागि छलफल गर्न सकिन्छ भनेको खण्डमा विचार गर्न सकिन्छ । तर केही नभएपछि कसरी अघि बढ्ने ?’

‘यो सरकार पनि बढीमा तीन महिनाभन्दा टिक्दैन । तिहारभन्दा उता जाँदैन । किनभने शुरुमै काँग्रेसभित्र बेमेल शुरु भइसकेको छ । भुटानी शरणार्थी काण्डमा बेचन झाको इन्ट्री र गिरीबन्धु टिइस्टेटको विषय उदांगो भएपछि रातारात यो सरकार बनेको हो । यसमा काँग्रेसका एकथरी असन्तुष्ट छन् ।’

राप्रपाका अधिकांश नेताले संविधान संशोधनको एजेण्डबिना ओली सरकारमा जान नहुने धारणा पार्टीभित्र औपचारिक तथा अनौपचारिक छलफलमा उठाएको बताइन्छ । उनीहरुको निचोड छ, ‘केही नहुने हो भने प्रचण्डको सरकारमा गएको भए भइहाल्थ्यो । उनीहरुले पहिले पनि बोलाएकै थिए ।’ 

काँग्रेससँग भएको भनिएको सात बुँदे सम्झौता हालसम्म सार्वजनिक नगरी न्यूनतम साझा कार्यक्रमको तयारी गरेकाले ओली नेतृत्वको सरकारलाई राप्रपाले ‘ढाँट छलको उपज’ ठानेको छ । भोलि विश्वासको मत प्रस्ताव गर्नुअघि प्रधानमन्त्रीले संविधान संशोधनको कुरोलाई विश्वासिलो ढंगले राख्नुभएमा राप्रपा पछिल्लो निर्णयबारे सोच्ने अवस्थामा देखिन्छ ।

अन्यथा, संविधान संशोधनको कुरोलाई गफ मान्नुपर्ने उनै पदाधिकारीले बताए र उक्त विषय प्रचण्ड सरकारलाई ढालेर आफू सत्तामा जानको निम्ति उछालिएको रुपमा सबैभन्दा पहिले राप्रपाले बुझ्ने उल्लेख गरे । 

अर्को सन्दर्भमा उनी दाबी गर्छन्, ‘यो सरकार पनि बढीमा तीन महिनाभन्दा टिक्दैन । तिहारभन्दा उता जाँदैन । किनभने शुरुमै काँग्रेसभित्र बेमेल शुरु भइसकेको छ । भुटानी शरणार्थी काण्डमा बेचन झाको इन्ट्री र गिरीबन्धु टिइस्टेटको विषय उदांगो भएपछि रातारात यो सरकार बनेको हो । यसमा काँग्रेसका एकथरी असन्तुष्ट छन् ।’ आगामी केही महिनाभित्र एमाले बिनाको सरकार बन्ने र काँग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बन्नेमा राप्रपा नेतृत्व विश्वस्त रहेको ती पदाधिकारीको दाबी छ ।

तर भोलि प्रधानमन्त्रीले लिने विश्वासको मतसम्बन्धी प्रस्तावमा काँग्रेस र एमालेका सांसदहरुको संख्या नै बहुमतको लागि पर्याप्त छ । प्रधानमन्त्री ओली आफूलाई संसदमा दुई तिहाईको विश्वास रहेको देखाउन हाल विपक्षमा रहेका माओवादी,नेकपा एकीकृत समाजवादी र रास्वपाबाहेक अरु सबै दलको समर्थन जुटाउन लागिपर्नुभएको बताइन्छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर