नेभिगेसन मेनु

प्रधानमन्त्रीमाथि कांग्रेसका दुई महामन्त्रीको दबाब
सम्पादक:南亚网络电视
समय:2024-07-21 12:18

gagan2024-07-21-07-08-13

कांग्रेस र एमालेबीच भएको सहमति सार्वजनिक गर्न सत्तारूढ दलकै प्रभावशाली नेताहरूले माग गरेका छन् । १७ असारको मध्यरात दुई पार्टीका शीर्ष नेताले हस्ताक्षर गरेको सहमति दुवै पार्टीबाट अनुमोदन भए पनि अहिलेसम्म गोप्य राखिएको छ । 

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने अघिल्लो दिन कांग्रेस महामन्त्री गगन थापाले दुई पार्टीबीच सत्ता सहकार्यका सम्बन्धमा भएको सहमति संसद्मार्फत सार्वजनिक गर्नुपर्ने माग गरेका हुन् । बिपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा थापाले प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मतसँगै सहमति सार्वजनिक गर्नुपर्ने बताएका हुन् । 

महामन्त्री थापाले दुई दलबीचको सहमति पढेकै भरमा पार्टीको कार्यसम्पादन समिति र संसदीय दलबाट निर्णय भएको पनि बताए । ‘कांग्रेस र एमालेबीच सातबुँदे समझदारी भयो भनिएको छ । हाम्रो समर्थनमा बनेका प्रधानमन्त्रीले विश्वासको मत लिँदै गर्दा त्यो सात बुँदा के हो भन्ने पढेर सुनाउनुपर्छ भन्ने ठान्छु,’ महामन्त्री थापाले भने, ‘हामीले सहमति पढ्यौँ, पढेकै आधारमा पार्टीबाट निर्णय गर्‍यौँ । स्वयं हस्ताक्षरकर्ता प्रधानमन्त्री बन्नुभएको छ । उहाँको जिम्मेवारी पनि हो, अवसर पनि हो ।’

महामन्त्री थापाले दुई ठूला दल मिल्दा विभिन्न आशंका उत्पन्न भएको भन्दै समझदारीको पालना गरेर पुष्टि गरेर जानुको विकल्प नरहेको बताए । उनले सरकार बन्नु मात्र उपलब्धि नभएको र नागरिकले महसुुस गर्ने गरी जनजीविकाको तहसम्म पुग्ने गरी सरकारले काम गर्नुपर्ने बताए । कांग्रेस सहमतिमा प्रतिबद्ध रहेको समेत बताए । ‘कांग्रेस कुनै अलमलमा छैन । जे समझदारी गरेको छ तलमाथि गर्दैन । एमालेबाट पनि त्यही अपेक्षा छ,’ महामन्त्री थापाको भनाइ थियो । साथै, उनले दुई दल मात्र मिलेर संविधान संशोधन नहुने भएकाले त्यसमा तत्काल प्रवेश नगरी सुशासनको पक्षमा काम गर्न उनको सुझाव छ । 

अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजधानीमा एक पुस्तक विमोचन कार्यक्रममा कांग्रेस–एमालेबीच सत्ता सहकार्य भए पनि कांग्रेसले विगतमा प्रतिपक्षमा रहँदा उठाउँदै आएका विषयलाई नछाड्ने बताए । उनले प्रधानमन्त्री ओलीलाई समर्थन र विश्वासको मत दिनुलाई विगतका मुद्दा छाडेका रूपमा नबुझ्न आग्रह गरे । ‘प्रधानमन्त्री ओलीलाई सफल बनाउन कांग्रेसले साथ र विश्वासको मत दिएका छौँ । यसको अर्थ विगतमा तपार्इंका बारेमा हामीले उठाएका मुद्दा थान्को लगाउँछौँ भन्ने बिल्कुल होइन,’ उनले भने, ‘सरकारका कमजोरीमा पनि चुप लागेर बस्ने छैनौँ,’ महामन्त्री शर्माको भनाइ थियो ।

आज संसदीय दल, २३ गते केन्द्रीय समिति बैठक 

कांग्रेसका संसदीय दलको बैठक आज (आइतबार) बस्ने भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बुधबार पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । आजै संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिँदै छन् । कांग्रेस संसदीय दलका अनुसार त्यसअघि आवश्यक निर्णय र छलफलका लागि संसद् भवन बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्न लागेको हो । साथै, कांग्रेसले आगामी २३ साउनका लागि केन्द्रीय समिति बैठकसमेत आह्वान गरेको छ । मुख्य सचिव पौडेलका अनुसार सभापति देउवाले सरकार परिवर्तनपछि पहिलोपटक केन्द्रीय समिति बैठक बोलाएका हुन् । 

बैठकमा परिवर्तित राजनीतिक परिस्थिति र आगामी रणनीतिका विषय एजेन्डाका रूपमा लाने तयारी छ । त्यस्तै, बिपी कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा कांग्रेसले ‘नेपाली कांग्रेस केन्द्रीय पुस्तकालय’को शुभारम्भ गर्ने भएको छ । केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको उपस्थितिमा उद्घाटन गर्न लागिएको हो । कांग्रेसले गत वर्ष पार्टीको कार्यतालिकामा समावेश गरेर केन्द्रीय कार्यालयमा रहेको पुस्तकालयलाई नयाँ स्वरूप दिएको हो । 

कांग्रेस प्रमुख सचेतकमा घिमिरे

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनीत भएका छन् । कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रमुख सचेतक रहेका रमेश लेखक गृहमन्त्री बनेपछि घिमिरेलाई जिम्मेवारी तोकेका हुन् । देउवाका निजी सचिव केशवराज जोशीका अनुसार संसदीय दलको विधानको व्यवस्थाअनुसार घिमिरेलाई शनिबार प्रमुख सचेतक मनोनयन गरेका हुन् । घिमिरे कांग्रेसको लेखा समिति संयोजकसमेत हुन् । गत निर्वाचनमा उनी सिन्धुली १ बाट प्रत्यक्ष निर्वाचित बनेका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर