नेभिगेसन मेनु

उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग चिनियाँ राजदूत छन् सोङको सृष्टचार भेट
सम्पादक:南亚网络电视
समय:2024-07-18 18:04

Image_20240718153542

एस् ए टि भी, श्रावण ३ गते, काठमाडौं । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि चिनियाँ राजदूत महामहिम छन् सोङले शिष्टाचार भेटघाट गर्नुभएको छ।

आज दिउँसो सिंहदरबारमा भएको भेटमा राजदूत सोङले नव नियुक्त मन्त्री प्रकाशमान सिंहलाई बधाई ज्ञापन गर्नु भएको छ। साथै द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको उहाले सामाजिक सञ्जाल एक्स मार्फत सार्वजनिक गर्नुभएको छ।

Image_20240718153258

उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको कार्यकक्षमा भएको भेटबारे जानकारी दिँदै उहाले लेख्नु भएको छ, 'आजको भेटमा हामीले नेपाल-चीन समन्ध र सहरी विकास लगायत विभिन्न क्षेत्रमा सहकार्यका बारेमा विचार आदानप्रदान गर्‍यौं'। 

भेटमा चीनले रुकुम र जाजरकोटमा गत वर्ष गएको भूकम्पपछिको पुनर्निर्माणमा सघाउन तयार रहेको राजदूतले बताउनुभएको थियो । उपप्रधानमन्त्री सिंहले दुवै देशबिचको सम्बन्ध विस्तार गर्नुहुँदै नेपाललाई अझै बढी सहयोग गर्न आग्रह गर्नुभयो ।

 राजदूत सोङले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति चिन सरकार प्रतिबद्ध रहेको बताएको छ । दुईपक्षीय भेटले नेपाल र चीन बीचको समन्धलाई सुदृढ पार्दै नयाँ सहकार्यको आयाम थप्ने जनताले विश्वास लिएका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर