नेभिगेसन मेनु

नेप्से २६ महिनायताकै उच्च विन्दुमा
सम्पादक:南亚网络电视
समय:2024-07-16 18:47

nepse-up2022-04-21-05-06-52.2024-07-16-04-19-43

केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठनको कसरत सुरु भएसँगै बढ्न थालेको नेप्से परिसूचक आज २६ महिनायताकै उच्च विन्दुमा पुगेको छ। 

आज ७०.१८ अंक बढेसँगै नेप्से परिसूचन २३१०.५९ विन्दुमा पुगेकाे छ।

यसअघि २९ वैशाख ०७९ मा नेप्से २३५०.४२ विन्दुमा बन्द भएको थियो। आज सेन्सेटिभ इन्डेक्स १२.३३ अंक बढेको छ भने फ्लोट इन्डेक्स ५.०६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.३३ अंक बढेको छ। 

ओलीको नेतृत्वमा कांग्रेस–एमालेको संयुक्त सरकार गठन भई अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएपछि सेयरबजारमा पुनः हरियाली छाएको हो। यसअघि पनि पौडेल अर्थमन्त्री हुँदा सेयर बजारमा हरियाली छाउने गरेको थियो। 

नेप्सेसँगै आज कारोबार रकम पनि उल्लेख्य बढेको छ । अघिल्लो कारोबार दिन आठ अर्ब ७३ करोडको सेयर खरिदबिक्री भएकोमा आज ३१५ स्टकको एक लाख १९ हजार ११ पटकको कारोबार भई नौ अर्ब १३ करोड ८६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर