संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। जसअनुसार राष्ट्रिय सभाको बैठक दिउँसो सवा ३ बजेका लागि बोलाइएको छ भने प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेका लागि बोलाइएको छ।
तर, बैठकको सम्भावित कार्यसूचि भने सार्वजनिक गरिएको छैन।
मन्त्रीपरिषद् विस्तारसँगै नयाँ सम्भावित कार्यसूचिका लागि सभामुख र राजनीतिक दलका प्रमुख सचेतकबीच छलफल हुनेछ। सोही अनुसार आजको बैठकका लागि कार्यसूची तय गरिने संसद सचिवालयले जनाएको छ।