नेभिगेसन मेनु

मनकामना केबलकार ५० दिन बन्द
सम्पादक:南亚网络电视
समय:2024-07-15 12:10

Messenger_creation_7207347107438499874

असार ३१ गते । नेपालको पहिलो केबलकार मनकामना केबलकार असार ३१ गतेबाट लागु हुने गरी ५० दिनको लागि बन्द भएको छ । नियमित मर्मत सम्भार गर्नु पर्ने भएकाले ५० दिनको लागि बन्द गर्नु परेको मनकामना केबलकारका नायब महाप्रबन्धक उज्जल सेरचनले जानकारी दिनु भयो । 

उहाँका अनुसार मनकामना केबलकारको डिजिटल प्रणाली स्तरोन्नति र मेन केबल तार लट्ठा समेत फेर्ने कार्य हुने भएकाले असार ३१ गते देखि भदौ २० गते सम्म मनकामना केबलकार बन्द हुने भएको छ । मनकामना केबलकारले एक महिना अगाडी नै सूचना निकालेर यात्रुलाई अवगत गराएको हो ।

२०५५ साल देखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनर्थीलाई सहजता होस् भन्ने उद्देश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो । २६ वर्ष अघि जडित प्रविधिलाई प्रतिस्थापना गरेर अहिलेको विश्वमा प्रचलित आधुनिक प्रविधि जडान गरेर स्तरोन्नति गर्न लागिएको मनकामना केबलकार प्रालिले जनाएको छ । 

प्रालिले यात्रुको सुरक्षालाई प्रमुख ध्यान दिँदै आएको छ । मनकामना केबुलकारबाट दर्शन गर्न आउने दर्शनर्थीलाई मध्यनजर गर्दै १ महिना अगाडि सूचना जारी गर्नु परेको मनकामना केबलकार प्रालिले जनाएको छ । साथै दर्शनर्थीलाई परेको असुविधा प्रति क्षमा याचना गर्दै यात्रुलाई छिटो भन्दा छिटो सेवा दिन कोसिस गर्ने समेत प्रालिले सोमबार सूचना निकालेर जानकारी गराएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर