नेभिगेसन मेनु

एमालेले टुंगो लगायो मन्त्री बन्नेको नाम , दुई जना पुरानै मन्त्रि दोहरिने
सम्पादक:南亚网络电视
समय:2024-07-15 11:44

Uml-baithak-_______

काठमाडौं । नेकपा एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

एमालेबाट उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीमा विष्णु पौडेलको नाम टुंगो लागेको छ भने सरकारको प्रवक्ताको जिम्मेवारीसहित सञ्चारमन्त्रीमा पृथ्वी सुब्बा गुरुङलाई बनाउने तयारी भएको छ ।

स्रोतका अनुसार राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी पाउने भएका छन् ।

त्यस्तै शिक्षा मन्त्री विद्या भट्टराईलाई बनाउने एमालेको तयारी छ ।

रक्षा मन्त्रालय मानवीर राईले सम्हाल्ने भएका छन् । उद्योगमन्त्रीमा दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिने भएका छन् ।

यी नाममा लगभग सहमति जुटेको भनिएपनि शपथ ग्रहणको बेलासम्म केही नाम र जिम्मेवारी हेरफेर हुनसक्ने एक नेताको भनाई छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर