नेभिगेसन मेनु

जयन्दु बाल सुधारगृहमा रोकिएन भिडन्त : तीन दिनमा दुईपटक झडप, चारजना अझै फरार
सम्पादक:南亚网络电视
समय:2024-07-11 11:59

jayandu2024-07-11-06-24-41

फितलो व्यवस्थापन र कमजोर भौतिक संरचनाका कारण बाँके डुडुवा गाउँपालिका– ६ स्थित जयन्दु बाल सुधारगृहमा बाल कैदीबन्दीबीच तीन दिनमा दुईपटक झडप भएको  छ । पछिल्लोपटक बुधबार बिहान सुधारगृहको प्रांगणमा खेल्ने क्रममा झडप भएको हो ।

खेल्दै गरेको एउटा समूहमाथि अर्को समूहले हातपात गरेपछि झडप भएको थियो । झडपलगत्तै आठ बाल कैदीबन्दी भागेकामा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । तीमध्ये दुईजना अझै फरार छन् । 

यसअघि २४ असारमा पनि बाल सुधारगृहमा झडप भएपछि ५६ बाल कैदीबन्दी भागेका थिए । तीमध्ये दुईजना अहिलेसम्म फेला नपरेको सुधारगृहकी प्रमुख विमला काउचामगरले जानकारी दिइन् । 

उनले सुधारगृहमा रहेका बाल कैदीबन्दीबीच विवाद र त्यहाँ भएका केही उच्छृंखल व्यक्तिले आफ्नो पक्षमा पारेर हुलहुज्जत गर्न लगाउने गरेको बताइन् । ‘यहाँ दुई–तीनजना उच्छृंखल बाल कैदीबन्दी छन् । उनीहरूले दबाब र प्रभावमा पारेर आफूसँगै अरूलाई पनि हुलहुज्जत गर्न लगाउँछन्,’ उनले भनिन् ।  

निरीक्षणपछि राष्ट्रिय मानव अधिकार आयोगले भन्यो–सुधारगृहमै अधिकांशले लागुऔषध सेवन गरेको भेटियो

राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जले बुधबार बाल सुधारगृहको निरीक्षण गरेको छ । सुधारगृहमा झडप हुनुको मुख्य कारण लागुऔषध भएको आयोगकी नेपालगन्ज प्रमुख द्वारिका अधिकारीले बताइन् । 

व्यावसायिक रूपमै लागुऔषध सुधारगृहमा पुग्ने गरेको र अधिकांशले सेवन गर्ने गरेको पाइएको उनको भनाइ छ । ‘हामी त्यहाँ पुग्दा अधिकांशले लागुऔषध सेवन गरेको पायौँ । विवादको मुख्य जड लागुऔषध भएको हाम्रो निष्कर्ष छ,’ उनले भनिन् । लागुऔषध सेवन गर्ने र नगर्नेलाई छुट्टाछुट्टै राख्ने व्यवस्था मिलाउनुपर्ने उनको सुझाव छ । ‘लागुऔषध सेवन गर्नेहरूले नगर्नेलाई दबाबमा पारेर सेवन गर्न लगाएकोसमेत हामीले पायौँ,’ उनले भनिन्, ‘भेटघाट गर्ने बहानामा लागुऔषध सुधारगृहमा पु¥याउने गरेको पाइयो ।’ १८ वर्षभन्दा कम उमेरमा १५ वर्ष कैद सजाय पाएको व्यक्ति कैद भुक्तान गर्दासम्म ३० वर्षभन्दा बढी उमेरको हुने भएकोले उमेर पुगेका र नपुगेकालाई छुट्टाछुट्टै राख्ने कानुन बनाउनुपर्ने उनको सुझाव छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर