नेभिगेसन मेनु

महामन्त्री ढकाल पदमुक्त : ३५ दिनभित्र पुनरावेदनमा जान सक्ने
सम्पादक:南亚网络电视
समय:2024-07-10 18:07

mukul2024-07-10-06-17-48

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई जिम्मेवारीबाट पदमुक्त गरेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले पार्टी अनुशासनविपरीत अभद्र, अशोभनीय, अमर्यादित, अनुशासनहीन र पार्टी हितविपरीत अराजनीतिक व्यवहार प्रदर्शन गरेको भन्दै ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट मुक्त गरेको हो । 

यसअघि १९ असारमा बसेको केन्द्र्रीय समिति बैठकले अनुशासनकै कारबाहीमा ढकाललाई सात दिनका लागि निलम्बन गरेको थियो भने विस्तृत छानबिन प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा बुझाउन केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिएको थियो । आयोगले २३ असारमा ‘पार्टीको साधारण सदस्य नरहने र भविष्यमा सदस्यसमेत बन्न रोक लगाउने गरी हदैसम्मको कारबाही गर्नुपर्ने’ सिफारिससहित प्रतिवेदन बुझाएको थियो । 

प्रतिवेदनमाथि गहन छलफल गर्दै केन्द्रीय समितिले पार्टीको साधारण सदस्य कायम राखेर अन्य पदबाट हटाएको कार्यवाहक प्रवक्ता मनीष झाले बताए । ‘केन्द्रीय समितिमा भएको छलफलका आधारमा निजबाट पार्टीको आचारसंहिताको दफा ४ (१) को (क), (ख), (च), (प) र (फ) एवं दफा ४ (२) (ख), दफा ५ (क) र (ख), दफा ६ (क) र (ख) र दफा ९ (क), (ख), (ग) र (घ) समेत उल्लंघन भएको ठहर तथा सोबाट पार्टीलाई पुगेको क्षतिसमेतलाई विश्लेषण गर्दै निजलाई पार्टी विधानको धारा ५६ (३) बमोजिम पार्टीको साधारण सदस्य कायम राखी पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पद मुक्त गरिएको छ,’ झाद्वारा जारी विज्ञप्तिमा छ । 

झाका अनुसार केन्द्रीय समितिले गरेको कारबाहीको निर्णयमा चित्त नबुझेमा ढकालले पार्टी विधानको धारा ५७ बमोजिम ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा पुनरावेदनका लागि निवेदन दिन सक्नेछन् । 

ढकाललाई निलम्बन गरिएकै दिन केन्द्रीय समितिले कवीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र मनीष झालाई कार्यवाहक प्रवक्ता तोकिसकेको छ । नयाँ महामन्त्रीको नियुक्तिको प्रक्रिया पुनरावेदनको समय सकिएपछि प्रारम्भ हुने नेताहरू बताउँछन् । 

आफूलाई पदमुक्त गरेपछि ढकालले पार्टी हितमा बोल्न नछोड्ने प्रतिक्रिया दिएका छन् । ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घन्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन, घन्टी बज्न रोकिँदैन,’ उनले भनेका छन् । 

पार्टी केन्द्रीय सचिवालयको निर्णयअनुसार ६ जेठदेखि एक महिना अवधिमा ३८ जिल्ला पुगेर समीक्षा प्रतिवेदन तयार पारेका ढकालले सभापतिलाई बुझाउनुअघि नै प्रतिवेदनमा केही अंश सञ्चारमाध्यममा सार्वजनिक गरेको भन्दै केन्द्रीय अनुशासन आयोगले १४ असारमा सात दिनको समय दिएर स्पष्टीकरण सोधेको थियो । महामन्त्री ढकालले बोलेकै आधारमा आफूलाई अनुशासन आयोगले स्पष्टीकरण सोध्न नसक्ने भन्दै १९ असारमा स्पष्टीकरणको जवाफ बुझाएका थिए । 

महामन्त्री ढकालले १२ असारमा ३२ पृष्ठको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाउँदै हुबहु सार्वजनिक गरेर आफूलाई न्याय गर्न माग गरेका थिए । १९ असारको केन्द्रीय समिति लाइभ गरेर प्रतिवेदन सार्वजनिक गर्न नमानेपछि अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै मुखमा कालो टेप लगाएर विरोध गरेका थिए । त्यसपछि केन्द्रीय समितिले उनलाई सात दिनका लागि पदबाट निलम्बन गरेको थियो । 

२० असारमा सार्वजनिक गरिएको समीक्षा प्रतिवेदनमा पार्टी गलत बाटोमा हिँडिरहेको भन्दै नेतृत्वलाई खबरदारी गरिएको छ । पार्टीको नीति र कार्यसम्पादनको तालमेल नमिलेको, नीतिभन्दा टाढा पुगेको, नीतिभन्दा नेताप्रधानको बाटोमा गएको भन्दै निर्मम समीक्षासहित सच्चिनुपर्ने र नभए विवेकशीलजस्तै सक्किने चेतावनी दिइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर