नेभिगेसन मेनु

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
सम्पादक:南亚网络电视
समय:2024-05-12 11:51

vansar

वैशाख ३० गते । दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको ९६ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आव २०८०/८१ को वैशाख महिनासम्म कोइलाबास भन्सार कार्यालयले ९५ लाख ९५ हजार ४२१ रुपियाँ राजस्व सङ्कलन गरेको हो । 

कोइलाबास भन्सार कार्यालयका प्रमुख दीपक शर्माले सङ्कलित राजस्वमध्ये करिब ७८ लाख बढी भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनबाट र बाँकी १७ प्रतिशत विभिन्न खाद्यान्नलगायतका अन्य सामग्रीबाट उठ्ने गरेको जानकारी दिनुभएको छ । उहाँका अनुसार कार्यालयले चालु आवको वैशाख मसान्तसम्म ७५ लाख ५१ हजार राजस्व सङ्कलनको लक्ष्य राखेकोमा लक्ष्यभन्दा करिब २१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको बताउनुभयो । 

कार्यालय प्रमुख शर्माका अनुसार कोइलाबास भन्सार कार्यालयले चालु आवका लागि एक करोड तीन लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको कार्यालय प्रमुख शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “कोइलाबास भन्सार कार्यालय, जिल्लाको एक मात्र भन्सार कार्यालय हो, त्यसले गर्दा पनि लक्ष्यभन्दा बढी नै राजस्व सङ्कलन हुने गरेको छ ।”

भन्सार कार्यालयले गत आव २०७०/८० मा २१ लाख ३९ हजार राजस्व सङ्कलनको लक्ष्य राखेकोमा करिब पाँच गुणा बढी अर्थात् ९६ लाख २० हजार ८१२ रुपियाँ राजस्व सङ्कलन गरेको थियो । गत वर्ष लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेकाले कार्यालय यो वर्ष पनि लक्ष्य बढाएकोमा असारसम्म लक्ष्यभन्दा बढी सङ्कलन गर्ने प्रमुख शर्मा बताउनुहुन्छ । शर्माले भन्नुभयो, “अहिलेसम्म राजस्व सङ्कलनको अवस्थालाई हेर्ने हो भने लक्ष्यभन्दा बढी नै सङ्कलन गरेको अवस्था छ । यो हिसाबले अब हामीले लक्ष्य भेट्याउन करिब सात लाख रुपियाँ मात्र बाँकी छ । तर दुई महिना बाँकी रहेकाले राजस्व बढ्ने अवस्था छ ।”

भारतबाट काइलबास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायतका ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारीसाधनबाट बढी मात्रामा राजस्व सङ्कलन हुने गरेको कार्यालयले जनाएको छ । 

सामग्रीको तुलनामा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारीसाधनबाट बढी राजस्व उठ्ने गरेको छ । उहाँले भन्नुभयो, “भारतले छोटी भन्सारका रूपमा लिने भएकाले २५ हजारभन्दा बढीको सामग्री ल्याउन दिँदैन, जसले गर्दा व्यावसायिक रूपमा नाका चल्न सकेको छैन । यहाँ उठ्ने राजस्व भनेको सवारीसाधनबाट उठ्ने कर नै हो ।” कोइलाबास नाकाबाट बिदाको समयमा दैनिक सयभन्दा बढी सवारीसाधनमा मानिस घुमफिरका लागि आउने गरेको शर्मा बताउनुहुन्छ । भन्सार कार्यालय कोइलाबासले नेपाल आउने भारतीय दुई पाङ्ग्रे सवारीबाट प्रतिदिन दुई सय रुपियाँ र चार पाङ्ग्रे सवारीसाधनबाट प्रतिदिनको छ सय रुपियाँका दरले राजस्व सङ्कलन गर्ने गरेको छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर