नेभिगेसन मेनु

९ महिनामा बाँकेमा १२ जना सुत्केरीको मृत्यु
सम्पादक:南亚网络电视
समय:2024-05-05 16:04

nepalgunj-hospital

नेपालगन्ज, वैशाख २३ गते । पश्चिम नेपालकै सबैभन्दा सुविधासम्पन्न अस्पताल रहेको बाँके जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा १२ जना सुत्केरीको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार मृत्यु भएका १२ जनामा ६ जना नेपालगन्ज उपमहानगरपालिकाका छन् भने ६ जना विभिन्न गाउँपालिकाका छन् ।  

जिल्लाको खजुरा र डुडुवा गाउँपालिकामा २–२ जना, राप्ती सोनारी र नरैनापुरमा १–१ जना सुत्केरीको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपालगन्जलाई मेडिकल सिटी भनिए पनि यहीF सुत्केरीको मृत्यु धेरै भएको देखिन्छ । 

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन विष्णु श्रेष्ठका अनुसार घर नजिकै ठूलाठूला अस्पताल र सुविधा सम्पन्न स्वास्थ्य संस्था भए पनि अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा ल्याउने र सुत्केरी भइसकेपछि हुनुपर्ने स्याहार नभएर सुत्केरीको मृत्यु भइरहेको छ । उहाँले पहिला सुत्केरी हुनुअघि मृत्यु हुने गरेको थियो अहिले भने सुत्केरी भइसकेपछि मृत्यु भइरहेको पाइएको बताउनुभयो । 

"बच्चा पाएको ४२ दिन सम्मलाई सुत्केरी मानिन्छ । बच्चा पाएपछि जाँच नगर्ने प्रवृत्तिले आमाको मृत्यु भइरहेको छ", फोकल पर्सन श्रेष्ठले भन्नुभयो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अधिकांश गर्भवतीले आठ पटक गर्भजाँच पनि गराउने नगरेको देखिएको छ । पहिलो पटक ७० प्रतिशत गर्भवतीले जाँच गर्दा आठौंमा आइपुग्दा २१ प्रतिशतमा झर्ने गरेको सो कार्यालयले जनाएको छ । सो बारेमा अझै धेरै जनचेतना फैलाउनुपर्ने आवश्यकता बाँकेका स्वास्थ्यकर्मीहरुले औंल्याएका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर