नेभिगेसन मेनु

प्रधानसेनापति बेलिब्रिज उद्घाटन गर्न जाँदै
सम्पादक:南亚网络电视
समय:2024-04-28 14:09

prabhuram-sharma-1_12hblJkHcy

प्रधानसेनापति प्रभुराम शर्मा धादिङको उत्तरी भेगमा निर्माण गरिएको बेलिब्रिज उद्घाटनका लागि त्यसतर्फ जान लाग्नुभएको छ । उहाँ बिहान ११ बजे नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमा किन्ताङबेसी जाने कार्यक्रम रहेको बताइएको छ ।

उहाँले खनियाबास गाउँपालिकामा रहेको किन्ताङ खोलामा बनाइको बेलिब्रिजको उद्घाटन गर्नुहुने छ । नेपाल विद्युत प्रधिकरणले उपलब्ध गराएको उक्त बेलिब्रिज नेपाली सेनाको प्रविधिक सहयोगमा जडान गरिएको हो । 

सो मार्गले धादिङको उत्तरी भेगका रुवीभ्याली, गंगाजमुना, खनीयाबास र नेत्रावती डब्जोङ गाउँपालिकाको विकट बस्तीलाई सदरमुकाम धादिङबेसीसँग जोड्छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर